ग्राण्डी अस्पतालको छैटौँ तलाबाट हामफालेर युवकद्वारा आत्महत्या
काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना भएका एक युवकले छैटौँ तलाबाट हामफालेर आत्महत्या गरेका छन् । स्याङजा जिल्लाको फेदीखोला स्थायी घर भएका १६ वर्षीय कृष्ण क्षेत्री फागुन २० गते अस्पताल भर्ना भएका थिए । शुक्रवार साँझ साँढे चार बजे उनले अस्पतालको छैटौं तलाबाट हाम्फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए । चेकजाँचका क्रममा क्यान्सर भएको देखिएपछि अब बाँच्दिन भन्ने लागेर क्षेत्रीले आत्महत्या गरेको हुनसक्ने आफन्तहरूले बताएका...

