तराईमा अाज धूमधामका साथ होली पर्व मनाईंदै

फागुन १८ , काठमाडौं । तराईमा शुक्रबार (अाज) धूमधामका साथ होली पर्व मनाईदै छ । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा बिहीबार होली मनाइए पनि तराईका जिल्लामा आज मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको शुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एकार्कामा रङ दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्न हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा...