बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेका छन्। नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सिधा बस यातायात सेवा सञ्चालनका लागि ती बस नेपाल भित्रिएका हुन्। बंगलादेशको श्यामोली परिवहनका दुई बस आज मध्याह्न झापाको काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका छन्। ढाकाबाट बैसाख १० गते छुटेका ती बस आजै बिहान बंगलाबन्ध–फूलवारी मार्ग हुँदै भारतको सिलगढी आइपुगेका थिए। सिलगढीबाट भारतको पानीट्यांकी सीमा हुँदै बस नेपाल प्रवेश गरेका हुन्। मेचीनगरका नगरप्रमुख...
२५ बैशाख । चार पार्टी एकीकरणपछि बनेको नेपाल लोकतान्त्रिक फोरम प्रचण्ड सरकारमा सरकारमा सहभागि भएको छ । मन्त्रीपरिषदमा प्रतिनिधित्व गर्ने उपप्रधान तथा स्थानीय विकास मन्त्री विजय गच्छदारहित तीन मन्त्रीले सोमबार साँझ सीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिए । नवनियुक्त मन्त्रीहरुले सपथ लिंदा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती सहभागि भए । गच्छदारले उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री, गोपाल दहितले भूमि–सुधार...

