नेकपा एमाले र माओवादी केन्द्रको एकताको अन्तिम टुंगो आज लगाउने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको बताइएको छ । एकतासँग जोडिएका विषय करिब–करिब टुंगो लागिसकेकाले दुई नेताबीच एकता घोषणासभाको मितिलगायतमा केन्द्रित रहेर छलफल हुने एक नेताले बताए । तर आज कतिबेला बैठक बस्ने भने टुंगो नभएको बताइएको छ । गत ९ वैशाखमा हुने भनिएको...
नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँगको पार्टी एकीकरणको प्रयास सकारात्मक हुँदै गएको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा आज बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले दुई पार्टीबीचको एकीकरणको प्रयास सकारात्मक हुँदै गएको निष्कर्ष निकालेको हो । बैठकको शुरुमा अध्यक्ष दाहालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटकपटक भएका छलफलबारे जानकारी दिएका थिए । उनले एकीकृत पार्टीको सैद्धान्तिक, राजनीतिक तथा सांगठनिक संरचनाबारे भएको छलफल सकारात्मक भएको र न्यायोचित ढंगले एकीकरण...
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आगामी वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने समझदारी गरेको छ । अन्तरिम विधान र सांगठनिक संरचनाबारे सुुझाव दिन गठित छुट्टाछुट्टै कार्यदलले मंगलबार पार्टी एकता संयोजन समितिमा प्रतिवेदन बुझाउँदै अप्रिल २२ तारेख अर्थात वैशाख ९ गते पार्टी एकता गर्न सुझाव दिएको छ । नेताहरुका अनुसार बैशाख ९ मा पार्टी एकता घोषणा गर्ने समझदारी भएको छ । पर्सि बस्ने बैठकले यसबारे औपचारिक निर्णय गर्ने माओवादी केन्द्रका...
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानु अघि नै पार्टी एकताको तयारीमा रहेका एमाले र माओवादी केन्द्रको बीचमा पार्टी एकता गर्दा आधा-आधा गर्नुपर्ने बहस चर्किएको छ । एमालेले संगठनको आधारमा पार्टी एकता गर्नुपर्ने अडान अगाडि सारेको छ भने माओवादी पार्टी एकता नै हुने भए पछि आधा-आधा हुनुपर्ने अडान राखेको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ । पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन गठित कार्यदलमा सांगठनिक विषयमा ६०र४० कै आधारमा पार्टी...

