काठमाडौं । आउँदो मार्च १० देखि २५ तारिखसम्म अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्र संघले आयोजना गर्ने बेइजिङ+३० समीक्षामा नेपालले १२ वटा सरोकारका क्षेत्र समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने भएको छ । नेशनल नेटवर्क फर बेइजिङ समीक्षा नेपाल (एनएनबीएन) र महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले नागरिक समाजको तर्फबाट तयार पारेको प्रतिवेदन प्रस्तुत गरिने भएको हो । बेइजिङ+३० समीक्षामा प्रस्तुत गर्ने प्रतिवेदनबारे जानकारी दिन बिहीबार आयोजित कार्यक्रममा एफडब्लुएलडी की अधिवक्ता बिनु लामाले प्रतिवेदनमा समावेश...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारी ऐन, २०७५ को संशोधन विधेयक संसदमा लैजाने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रजनन स्वास्थ्य अधिकार कार्य समूह (आरएचआरडब्लुजी) ले मन्त्री पौडेलको ध्यानाकर्षण गराउँदा उक्त प्रतिबद्धता जनाएका हुन् । प्रजनन स्वास्थ्य अधिकार कार्य समुहको सचिवालय महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) समेतले ध्यानाकर्षण पत्र बुझाएको हो । मन्त्री पौडेलले छिटो भन्दा छिटो सुरक्षित मातृत्व...
किवानिज इन्टरनेसनल नेपाल डिस्ट्रीक्ट (K69) को Mid-Year Conference फागुन १७ गते शनिवार काठमाण्डौमा भव्यतासाथ सम्पन्न भएको छ। अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा सम्पन्न उक्त सम्मेलनमा नेपालभरका ७९ क्लबका करिब १५० जना भन्दा बढी सदस्यहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा किवानिज वर्ष २०२३-२४ मा उत्कृष्ट कार्य गर्ने क्लबहरूलाई निबर्तमान गभर्नर तिर्थ कुमार सिंहले पुरस्कार र सम्मान प्रदान गर्नुभएको थियो। साथै, वर्ष २०२४-२५ का गभर्नर मनिषा बिमलिले आफ्नो बार्षिक कार्ययोजना प्रस्तुत...
सामाजिक समुन्नतिमा द्वन्द्व एवं शान्ति क्रमिक र नियमित प्रक्रिया हुन्। शान्ति सबैको साझा प्रयासको उपज हो र हुनुपर्छ । यो साझा प्रयासमा महिलाको भूमिका अझ बढी महत्वपूर्ण र आवश्यक रहेको देखिन्छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले आफ्नो प्रस्ताव नं १३२५ बाट द्वन्द्वको समाधानका लागि र द्वन्द्व श्रृजना हुनु पूर्व नै सम्वोधन गर्ने सम्बन्धमा महिलाको अपरिहार्य भूमिका कसरी संभव गरिनु पर्छ भनी लैङ्गिक दृष्टिकोणबाट व्यक्त गरेको छ । शान्तिका लागि...
संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिसम्बन्धी ‘सिड’ कमिटीको बैठकमा नेपाली एकल महिलाको न्यायसम्बन्धी विषयले प्रवेश पाएको छ । स्विटजरल्यान्डको जेनेभामा सम्पन्न ‘सिड’ कमिटीको ९० औँ बैठकमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य एवं मानवअधिकारका लागि महिला, एकल महिला समूहकी संस्थापक अध्यक्ष डा लिली थापाले सो विषय प्रवेश गराएकी हुन् । उनले सीमान्तकृत समुदायका महिलाको न्यायमा पहुँच पु-याउन चुनौती रहेको उल्लेख गर्दै सो महासन्धिमा भएका प्रावधानलाई कार्यान्वयन गरी थप प्रगति...
महान् हिमालयमा अवस्थित सानो भूपरिवेष्ठित देश नेपालले संयुक्त राष्ट्र संघ (UN) शान्ति स्थापना कार्यमा आफ्नो सहभागिता मार्फत विश्वव्यापी शान्ति र सुरक्षामा अतुलनीय योगदान पुर्याएको छ। आफ्नो सामान्य आकार र सीमित स्रोतसाधनको बावजुद, नेपाल विश्वभरका संयुक्त राष्ट्र संघीय मिसनहरूमा सेना र प्रहरी कर्मचारीहरूको सबैभन्दा ठूलो योगदानकर्ताहरू मध्ये एक रहेको छ। शान्ति स्थापना प्रतिको यो प्रतिबद्धताले अन्तर्राष्ट्रिय शान्ति प्रति नेपालको समर्पण, बहुपक्षीयताप्रतिको सम्मान र विश्वव्यापी स्थिरतामा योगदान गर्ने इच्छालाई प्रतिबिम्बित गर्दछ। नेपालको...
जेनेभा । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी (सिड) कमिटीको बैठकमा नेपाली नागरिक समाजले छाँया प्रतिवेदन बुझाइएको छ । स्वीट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको सिडको ९० औं सत्रमा समाजको तर्फबाट महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले बुझाएको हो । एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले १६ वटै धाराहरुलाई समेटी एकीकृत तथा वृहद् छायाँ प्रतिवेदन बुझाइएको जानकारी दिए । नेपाल लैंगिक समानता र महिला सशक्तिकरणतर्फ...
नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन विधेयकको महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले स्वागत गरेको छ । एफडब्लुएलडीका कार्यकारी निर्देशक सविन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान, २०७२ ले प्रदान गरेको मौलिक हकमध्ये नागरिकता प्राप्त गर्ने हक धारा ११ मा सुनिश्चित गरेको छ । तर पनि विभिन्न व्यवहारिक कठिनाइका कारण कैयौं नेपालीहरु अनागरिक हुनुपर्ने बाध्यता रहेकोमा नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधनका लागि...
सङ्घीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे सङ्घीय संसद सचिवालय सिंहदरबारमा बस्नेछ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गर्ने कार्यसूची रहेको छ...
काठमाडौं । डोनाल्ड ट्रम्पको पद ग्रहण पछि सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्नो सेवा सुचारु गरेको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद ग्रहण गरेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले यो कदम चालेको हो । टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो । अमेरिकी कानुनअनुसार टिकटकले राष्ट्रिय सुरक्षालाई उदृत गर्दै एपमाथि प्रतिबन्ध लगाउन आह्वान गरेको थियो । ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनसम्म छुट दिनसक्ने बताएका...

