सोमबार बस्ने गरी देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। बैठक सोमबार बिहान ९ बजे बुढानीलकण्ठमा बस्ने गरी बोलाइएको हो।  आउने संसद् बैठक, पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो। सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट जेठ १५ गते संसद्‍मा पेस गर्दै छ।  त्यस्तै क्रियाशील सदस्यता नवीकरणको विषयमा पनि छलफल हुनेछ। कांग्रेसले नवीकरणका लागि असार मसान्तसम्मको समय दिएको छ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। बैठक सोमबार बिहान ९...

राजावादी समूहले गर्‍यो जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा

काठमाडौँ । राजावादी समूहले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ ।  बिहीबार राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जन आन्दोलन समितिले पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेको हो । सुवेदीले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताए । जनआन्दोलन घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन,राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत जनआन्दोलन घोषणा सभामा सहभागी छन् ।  ...

आतंकवादविरुद्धको लडाईंमा नेपालले साथ दिनुपर्छ : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आतंकवादविरुद्धको लडाईंमा नेपालले जुनसुकै देशलाई पनि साथ दिनुपर्ने बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति र पाकिस्तानी आंतकवादका विरुद्ध भारतको आक्रमण लगायतले नेपाललाई झन् जोखिम बनाएको बताउनुभयो । खतिवडाले वर्तमान समयको जटिलतालाई सामना गर्न सरकारलाई तयार रहन आग्रह समेत गर्नुभयो । उहाँले आंतकवादीविरुद्धको लडाइँमा नेपालले जुनसुकै देशलाई पनि साथ...

आज ५ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।  त्यस्तै दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगसँग छलफल हुनेछ । त्यस्तै मध्यान्ह १२...

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनमा भएका मानव अधिकार उल्लंघनका विषयहरुमाथि गृहमन्त्रीसँग छलफल हुनेछ । बैठकमा गृहमन्त्री रमेश लेखकले जवाफ दिने जवाफ कार्यसूची छ । त्यस्तै दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल...

सगरमाथा संवादमा मोदीजी नेपाल आउनुहुन्न : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने बताउनुभएको छ। सगरमाथा संवादको समयमा नै मोदीले युरोपको भ्रमण गर्ने कार्यक्रम तय भइसकेकाले नेपाल आउन नपाउने तर भारतबाट उच्चस्तरको प्रतिनिधि सहभागी हुने जानकारी गराउनुभएको हो । शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा थाइल्याण्ड भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीसँग आफ्नो भेट भएको र भेट सुमधुर भएको बताउनुभयो । उहाँले पारस्परिक सहयोगका विभिन्न...

दुर्गा प्रसाईंलाई कमान्डर तोक्नु नै गलत भयो: राप्रपा सांसद बुद्धिमान तामाङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनको कमान्डर तोक्दा ध्यान नपुगेको स्वीकारेका छन्।  शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राजवादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई तोकेर गलत गरिएको बताएका हुन्।  त्यस्तै उनले राजतन्त्रलाई ‘भूत’ भनिएको भन्दै आपत्ति जनाए। ‘राजालाई किन भूत देख्नुहुन्छ? मेरो छोराछोरीलाई पनि म नमरेसम्म विरोध नगर भन्ने मान्छे हो। दुर्गा प्रसााईंलाई कमान्डर तोक्ने गतल कुरा हो, हुन सक्दैन,’ सांसद...

सञ्चारमाध्यमको प्रभावकारी सञ्चालनमा चुनौति : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रम, मिथ्या एवं संशयपूर्ण सामग्रीबाट जनता भ्रमित हुन नदिने जिम्मेवारी सञ्चारमाध्यमको भएको बताउनुभएको छ । बुधबार सिंहदरबारमा आयोजित सार्वजनिक प्रशारण सेवा रेडियो नेपाल ७५ औँ वर्ष प्रवेशका अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पछिल्लो समय इन्टरनेट र प्रविधिको विकासले सामाजिक सञ्जालमार्फत नागरिक पत्रकारिताको बलियो भएको बताउनुभयो । उहाँले प्राकृतिक घटना, महामारीलगायत विपद्को समयमा सञ्चारमाध्यम विशेष गरी रेडियोको भुमिका महत्वपूण रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले...

पूर्वराजा शाहलाई देउवाको आग्रह – आश नगरे हुन्छ, अब गणतन्त्र हट्दैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको मानव अधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले विपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला लगायतका धेरै नेपालीहरुले लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै अब यो व्यवस्था हट्न नसक्ने दाबी गर्नुभयो । उहाँले सम्पूर्ण नेपाली जनताले संविधान सभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र...

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १२.१५ बजेका लागि बोलाइएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेको ‘प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले...