क नेपाली कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दैछ। कांग्रेस संसदीय दलको कार्यालयले बैठक साेमबार बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको जनाएकाे हो। बैठकमा वर्तमान राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका र जनसरोकारका समसामयिक विषयहरूमा गहन छलफल हुने भएकाे छ। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी संसदीय रणनीति तय गर्न यो बैठक बोलाइएको हो। साथै, प्राकृतिक विपद्का घटनाहरू र जनताका तत्कालीन समस्याका विषयमा समेत बैठकमा समीक्षा हुने कार्यालयले जनाएको छ। ...
प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री बालेनको स्टाटस- आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू, आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु। आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिले सिंगो देशलाई नै स्तब्ध र मर्माहत बनाएको छ। प्राकृतिक विपदको यो अप्रत्याशित बज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना–साना बालबालिकाहरूलाई गहिरो पीडामा...
नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ । निवेदनमाथि ११ भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । देउवा समूहको वारेस भएर अधिवक्ता श्रवणकुमार देवले निवेदन लिएर गएका थिए । सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निस्सा दिएपछि कांग्रेसको विवाद सर्वोच्चमा विचाराधीन छ । अब पुनरावलोकनको मुद्दाको टुंगो नलाग्दासम्म १५ महाधिवेशन गर्ने नमिल्ने जिकिर गर्दै...
नेकपा एमालेले ६ लाख ६७ हजारभन्दा बढी जनालाई एकै कुरा लेखेको चिठी पठाएको छ। एमालेले पार्टीका संगठित सदस्यहरू ६ लाख ६७ हजार जनाभन्दा बढीलाई चिठी पठाएको हो। पहिले संगठित सदस्य रहेका र अहिले नवीकरण नगरेका सदस्यहरूलाई पनि चिठी पुगेको छ। आफूलाई चिठी आएको भन्दै केहीले सामाजिक सञ्जालमा पनि पोस्ट गर्न थालेका छन्। एमालेले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित एकै कुरा लेखेको चिठी सदस्यहरूलाई पठाएको हो। अध्यक्ष ओलीले निर्वाचनलक्षित चिठी सदस्यहरूलाई पठाएका हुन्। फागुन २१...
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्। सभापति गगन थापाले शुक्रबारदेखि केन्द्रीय कार्यालयम पुगेर कार्यभार सम्हाल्ने भएपछि पौडेलले राजीनामा दिएका हुन्। २०७२ सालमा पौडेललाई तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्य सचिव नियुक्त गरेका थिए। नवनिर्वाचित सभापति थापालाई आफ्नो ढंगले काम गर्न सहयोगका लागि राजीनमा दिएको बताए। पुस २७-३० मा सम्पन्न विषेश महाधिवेशनबाट निर्वाचित सभापति थापा पार्टीका सचिव कृष्णप्रसाद दुलाललाई मुख्य सचिव बनाउने तयारीमा छन्। सभापतिमा निर्वाचित लगत्तै थापाले दुलाललाई...
निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको छ। शुक्रबार दुवै पक्षसँग छलफलपछि आयोगले थापालाई सभापतिमा मान्यता दिने निर्णय गरेको हो। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गरेर थापालाई मान्यता दिने निर्णय भएको आयोगले जनाएको छ। यसबारे आयोगबाट जानकारी आएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए। ‘आयोगले आधिकारिकता दिएको जानकारी दिनु भएको छ। हाम्रो साथी पत्र बुझ्न जाँदैछन्,’ चालिसेले नेपालखबरसँग भने। गत पुस २७ देखि ३०...
भोलीको दिनमा नेपाली कांग्रेसको चारतारा झण्डा कसको होला ? रुख चिन्ह कसको होला ? सम्वन्धित निकाएले निर्णय गर्ने नै छ । जे भएपनि कांग्रेसको इतिहासमा विशेष महाधिवेशनले पुनः पहिलो विशेष माहाधिवेशन लाई सम्झन वाध्य वनाएको छ । पहिला सुवर्ण समशेरले आफैले नेतृत्व गर्दैगरेको पदलाई विशेष महाधिवेसन मार्फत विश्वेश्वर प्रसाद कोईरालालाई सुम्पेका थिए भने आज फराकिलो मन र उच्च विश्वासका साथ विश्वप्रकास शर्माले गगन कुमार थापालाई पार्टी सभापति...
रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् । पार्टीको नेतृत्व तहबाट भएका निर्णयहरू, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भिर असहमति जनाउँदै राजीनामा दिइएको जिल्ला अध्यक्ष तुल्सी थारुले बताए । राजीनामा दिनेमा जिल्ला अध्यक्ष थारुसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष राम बहादुर थारु, महिला जिल्ला...
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्नेछ । दलले पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म आयोगले छानबिन गर्नेछ । आयोगका अनुसार बन्द सूची छानबिनपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने...
२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुकका लागि ५० हजार रुपैयाँ शुल्क कायम गरेको छ । रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको छ । निर्वाचन आयोगको प्रारम्भिक कार्यतालिका अनुसार समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्ने मिति १८-१९ पुस तोकिएको छ । रास्वपाले उम्मेदवार छनोटको मापदण्ड बनाउनका लागि सहमहामन्त्री विपीन आचार्यलाई जिम्मेवारी तोकेको थियो । सहमहामन्त्री आचार्यले समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुकका लागि कानुनी...

