P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

नगरलाई रत्न बनाउने प्रतिबद्धता

धु्रवराज खनाल
रत्ननगर,२६ बैशाख ।
चितवनको ठूलो नगरपालिका रत्ननगरलाई ‘रत्न’ बनाउने प्रतिबद्धता मेयरका प्रत्यासीहरुले जनाएका छन् । रत्ननगर जेसीज र पूर्वी चितवन पत्रकार संघले सोमबार संयुक्तरुपमा आयोजना गरेको संवाद कार्यक्रममा विभिन्न राजनीतिक दलबाट उम्मेद्वार बनेका तथा स्वतन्त्र उम्मेद्वारहरुले पाँच वर्षभित्र रत्न बनाउने बताए ।
निर्वाचन जिते वा हारेपनि पनि पाँच वर्षभित्रमा सबैको सहकार्यमा २० वर्षअघिको परिकल्पनालाई साकार पार्ने उनीहरुको उद्घोष थियो । कार्यक्रममा नेपाली कांग्रेसबाट मेयरका उम्मेद्वार रुपनराज घिमिरेले रत्ननगरको स्वरुप र पहिचान बदल्न आफूले भूमिका निर्वाह गर्ने बताए । “यसअघि निर्वाचित भएकाले खासै काम गर्न सकेनन्”, घिमिरेले भने, “म निर्वाचित भएमा रत्ननगरको स्वरुप र परिचय बदल्नेछु ।” रत्ननगरको वास्तविकतालाई कसैले बुझ्न नसकेको औल्याउँदै उम्मेद्वार घिमिरेले आफूले नगर बदल्न उम्मेद्वारी दिएर चुनावमा होमिएको बताए ।
नेकपा एमालेका मेयर प्रत्यासी नारायण वनले पहिले मेयर बन्दा समय अभावका कारण पूरा हुन नसकेको कामलाई आफू निर्वाचित भएपछि पूरा गर्ने प्रतिबद्धता जनाए । “त्यो केही राम्रा काम भए तर नराम्रो गरिन”, संस्थापक नगर प्रमुख वनले भने,“बाँकी रहेका सपना पुरा गर्ने म अठोट गर्छु ।”
कार्यक्रममा नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार पूर्णबहादुर अम्गाईं ‘सुवोध’ले रत्ननगरलाई रत्न बनाउने विगतको योजनालाई निर्वाचित भएमा पूरा गर्ने प्रतिबद्धता जनाए । “निर्वाचनमा जिते नगरबासीले दिएको जिम्मेवारी पूरा गर्नेछु”, अम्गाईंले भने, “हारे पनि सहकार्य गरेर काम गर्नेछु ।” नगरको विकासका लागि पूर्वाधार आवश्यक पर्ने उनले औंल्याए । कार्यक्रममा राप्रपाबाट मेयरका उम्मेद्वार गोविन्दप्रसाद अधिकारी, राष्ट्रिय जनमोर्चाका महानन्द शर्मा, फोरम लोकतान्त्रिकका कृष्ण चौधरी, नयाँ शक्ति पार्टीका नारायण रेग्मी, स्वतन्त्र उम्मेद्वार उत्तमराज सिंखडालगायतले पनि समृद्ध नगर बनाउने प्रतिबद्धता जनाए ।
रत्ननगर जेसीजका अध्यक्ष सुरेशचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जेसीजका संस्थापक अध्यक्ष निजानन्द मल्ल, कार्यक्रम संयोजक पुष्पराज जोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने
रास्वपा प्रवेश गर्दै सुदन गुरुङ
बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
यी ३३ जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal