रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने प्रकाशीत मिती बैशाख २४, काठमाडौँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेलतर्फ लगिने भएको छ। ज्योतिषी महेश मङ्गल जोशीले मत्स्येन्द्रनाथको ‘पश्चिम यात्रा’का लागि असार ३ गते तृतीया तिथिको शुभ साइत तय भएको जानकारी दिए। रातो मत्स्येन्द्रनाथको रथ हाल ललितपुरको लगनखेलस्थित थटीटोलमा रहेको छ। असार ३ गतेको साइतमा जावलाखेल पुर्याइनेछ। परम्परागत विधिअनुसार ज्योतिषी जोशीले साइत हेरेर मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने मिति सुनिश्चित गरेका हुन्। जावलाखेल पुगेको चौथो दिनमा ऐतिहासिक भोटो देखाउने जात्रा सम्पन्न हुने प्रचलन रहेको छ। शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन रास्वपा प्रवेश गर्दै सुदन गुरुङ बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु यी ३३ जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह सुनको मूल्य हालसम्मकै उच्च दुई लाख २३ हजार लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेलतर्फ लगिने भएको छ।
ज्योतिषी महेश मङ्गल जोशीले मत्स्येन्द्रनाथको ‘पश्चिम यात्रा’का लागि असार ३ गते तृतीया तिथिको शुभ साइत तय भएको जानकारी दिए।
रातो मत्स्येन्द्रनाथको रथ हाल ललितपुरको लगनखेलस्थित थटीटोलमा रहेको छ। असार ३ गतेको साइतमा जावलाखेल पुर्याइनेछ।
परम्परागत विधिअनुसार ज्योतिषी जोशीले साइत हेरेर मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने मिति सुनिश्चित गरेका हुन्।
जावलाखेल पुगेको चौथो दिनमा ऐतिहासिक भोटो देखाउने जात्रा सम्पन्न हुने प्रचलन रहेको छ।