P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

आवाजबाट निर्देशित हुने र दिमागबाट चलाउन सकिने कार

एजेन्सी । सफ्टवेयर र सेन्सरले भरिएका, मोबाइल फोनसँग जोड्न सकिने र बढ्दो सङ्ख्याका अन्तक्र्रियात्मक स्क्रिनका साथ आउने वाहन सम्भवतः बजारमा पाइने सबैभन्दा जटिल उपभोग्य प्रविधि हो ।

यो कुरा लस भेगसमा वार्षिक रूपमा सम्पन्न हुने कन्जुमर इलेक्ट्रोनिक सो (सीएएस) मा प्रदर्शनमा राखिएका सामग्रीले पनि देखायो । 

सोमा प्रमुख वाहन निर्माताले भविष्यमा बजारमा ल्याउन सकिने कैयौँ कारका परिकल्पना (कन्सेप्ट) सार्वजनिक गरे । त्यस्तै तिनले कारको भित्री भागका धेरै नयाँ प्रविध भित्र्याएका छन् । 

अझ सोनीजस्ता केही कार नबनाउने कम्पनीले समेत कन्सेप्ट कार सार्वजनिक गरेका छन् । 

अवतारबाट प्रेरित मर्सिडिज बेन्जको कार
सीईएस सोमा सबैभन्दा बढी चर्चा मर्सिडिज बेन्जको भिजन एभीटीआर थियो । अत्याधुनिक कारको यो खाकामा सैद्धान्तिक रूपमा कार र मानिस एकाकार हुन सक्छन् । यो भविष्य पनि धेरै पछिको कल्पना जस्तो देखिन्थ्यो । 

मर्सिडिज–बेन्ज भिजन एभीटीआर कारका केही कामहरु चालकले दिमागले सोचर सञ्चालन गर्न सक्छन् । 

भिजन एभीटीआर परम्परागत स्टेरिङ हुँदैन, त्यसको साटो कारमा एक चलायमान उठेको भाग हुनेछ जसले चालक र कारलाई एकाकार हुन सहयोग गर्छ । त्यस नियन्त्रण भागले अन्य कैयौँ विशेषता पूरा  निभाउँछ ।

यो कारले आफ्ना चालकलाई उसको हृदयगति वा सासमार्फत पहिचान गर्छ । कार चलेपछि सम्पूर्ण विशेषताहरु रहेको एक भर्चुअल स्क्रिन चालकको हातमै देखिन्छ । त्यसपछि उसले सोचेर भावि कदम उठाउन सक्छ । 

भिजन एभीटीआर गँगटो जसरी पनि हिँड्न सक्छ । त्यस क्रममा कारका चारवटै चक्का ३० डिग्री घुम्छन् । 

मर्सिडिज बेन्ज भिजन एभीटीआर हाल निर्माणाधीन अवतार–२ फिल्मका निर्मातासँगको सहकार्यमा निर्माण गरिएको हो । कारको भित्र बाहिर बल्ने बत्ती पहिलो अवतार फिल्ममा देखिएको प्यान्डोरा ग्रहको रङसँग मिल्छ । 

ग्राहकले डिजाइन दिनसक्ने फियाट सेन्टोभेनी

फियाट क्रेस्लर अटोमोबाइलले सीईएसमा यस्तो कार प्रस्तुत गरेको छ, जसलाई ग्राहकले आफूले चाहेको रूप रङ दिन सक्छ । 

फियाट क्रेस्टरले यो मोडलको कार सादा रूपमा आउँछ र पछि ग्राहकले आफ्नो रुचि अनुरूपको आवरणमा फेरबदल गर्न सक्छन् । 

हाल पूरै बदल्न नसके पनि ग्राहकले कारको रङलाई चार विभिन्न बडी र्‍यापर र त्यस्तै चार अलग रङका बम्पर तथा छानो दिएर रूप फेर्न सक्छ । 

सोनीको अत्याधुनिक कार
सोनी मुख्यतः कार कम्पनी होइन तर उसले पनि यो सीईएस मेलामा कारको ‘नमुना’ सार्वजनिक गरेको छ । 

बाहिरबाट हेर्दा परम्परागत कारजस्तो देखिने यो कारभित्र सोनीका क्यामेरा, दूरसञ्चार र सेन्सर प्रविधि जडान भएको छ । 

यो कार विद्युतीय पनि हो । भावि कारको परिकल्पनाको रूपमाम प्रस्तुत यो कार कहिले बजारमा आउँछ सोनीले स्पष्ट गरेको छैन । 

एलेक्साजडित ल्याम्बोर्घिनी

यो वर्षको प्रारम्भमा बजारमा आउने नयाँ ल्याम्बोर्घिनी हुरक्यानले अमेजन एलेक्साको अहिलेसम्मकै सबैभन्दा व्यापक समायोजन ल्याएको छ । 

कारमा जडित एलेक्सामार्फत चालकले दिशा हेर्ने, सङ्गीत सुन्ने र ग्यारेजको ढोका खोल्ने र सिटको हिटर चलाउने र आन्तरिक प्रकाश मिलाउन सक्छ । 

भावि दिनमा थप क्षमता थप्नका लागि अमेजनसँग काम गरिरहेको ल्याम्बोर्घिनीले बताएको छ । एलेक्सा आवाज नियन्त्रणले अहिले नै कारको वाहनसम्बन्धी काम गर्ने छैन । तर सुरक्षा परीक्षणपछि त्यस्तो अवस्था आउने कम्पनीले बताएको छ ।

टोयोटाले स्वचालित कार परीक्षण गर्न ‘सहर’ बनाउने 

टोयोटाले जापानमा दुई हजार मानिसको एक ‘परीक्षण सहर’ बनाउनेछ । त्यस सहरमा उसले स्वचालित कार र मानिसलाई सघाउने रोबर्टजस्ता नयाँ प्रविधिको परीक्षण गर्नेछ । 

‘वुभन सिटी’ नामक सहर जापानको फुजी हिमाल नजिकको पूर्वटोयोटा उद्योग रहेको १७५ एकड क्षेत्रमा बन्नेछ । 

सम्पूर्ण सहर नै प्रयोगशालाको रूपमा रहने उक्त स्थानका सुरुवाती बासिन्दा टोयोटाका वर्तमान र अवकाश प्राप्त कर्मचारी हुनेछन् । त्यस अतिरिक्त त्यहाँ अनुसन्धानदाता पनि हुनेछन् ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
केही दिन आफूलाई अनावश्यक फोन र मेसेज नगर्न शिक्षामन्त्री पुनको आग्रह
बैंक नोटबाहेक छपाईका सबै काम नेपालमै सुरु : सञ्चारमन्त्री गुरुङ
२१ सय माथि पुग्यो नेप्से, ४ अर्बको कारोबार
३८ हजारमाथिका मोबाइल आयातमा प्रतिबन्ध
ट्वीटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशको ३५०० अकाउन्ट
नयाँ सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal