P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

टिपर आतंक

  • प्रकाशक

    जानुका रेग्मी
  • प्रकाशीत मिती

    माघ २०, साेमबार ।

हरेक घरमा सानो वा ठुलो सवारी साधन छ । सहज गन्तव्यमा पुग्न प्रयोग गरिने सवारी साईकल वाट प्रारम्भ हुने जीवन चक्र मोटरसाईकल अनि गाडी मा परिवर्तन हुदैगईरहेको छ ।नियमनकारी निकायको एकिन तथ्य नभए पनि साईकल यात्री वाहेक दर्ताको हिसावले मोटर साईकल, कार, जीप, डेलिभरी भ्यान,ट्रक,वस,टिपर सहितका विभिन्नखाले सार्वजनीक सवारी साधनको संख्या दिनानुदिन बढ्दो छ । तर सम्बन्धित निकायले मृत्युको यो भयानक क्रमलाई रोक्न कुनै तदारुकता देखाएको छैन। आज भोलीको कहालीलाग्दो ट्रिपर आतंक । गत माघ १४ गते विराटचौकबाट– विराटनगरतर्फ आउँदै  गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सुन्दरहरैंचाकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भयो । ढकालको मृत्युपछि आक्रोशित स्थानीयले सोही सडकमा कुद्ने सातवटा टिपरमा आगजनी गरे ।
गत साल जेठ ३० गते विहानै जडिबुटीमा अस्मिता भण्डारी (काभ्रे) सवार स्कुटरलाई टिपरले ठक्कर दियो । स्कुटर पछाडि बसेकी अस्मिता भुँईमा बजारिईन् । उठिसकेकी उनलाई बा ४ ख ३५५८ नम्बरको टिपरले व्याक गरेर किच्यो ।  उनी सवार बा ७० प ९३९९ नम्बरको स्कुटर चालक आशिष जोशी थिए भने टिपर चालक पृथ्वीनारायण नापित ।भक्तपुरबाट काठमाडौं आउँदै गरेको टिपरले आफ्नै दिशातिर आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि  टिपर जल्यो । चालकमाथि कारबाही चल्यो । त्यसपछि पनि टिपर आतंक रोकिएन । बिराटनगर महानगरपालिका–२ बरगाछी चोकमा टिपरको ठक्करबाट ५० बर्षीय लगनलाल राजवंशीको मृत्यु भयो । घरबाट मजदुरीका लागि निस्किएका राजवंशीलाई साइकलमा कोशी राजमार्ग पार गर्ने क्रममा को १ ख ७०९२ नम्मबरको ठक्कर दिँदा घटनास्थलमै मृत्यु भयो ।

गत माघ १७ गते गाेरखामा अवैधरुपमा सञ्चालित एक क्रसर उद्योग परिसरमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । घटनापछि आक्राेशित बनेका स्थानीयले टिपरमा आगजनी गरेका थिए । यी त केही पात्र मात्रै हुन्,सडकमा यात्रा गर्ने जोसुकै पनि टिपरको यस किसिमको आतंकबाट अपरिचित छैनन्। 

आजको दिनमा घरवाट पढ्न हिडेका छोरा छोरी विद्यालय गएर,घरको अभिभावक काममा गएर, जागिर खाएर वा गन्तव्यमा हिडेका यात्रु गन्तव्यसम्म पुग्न केही ढिला हुने वित्तीकै घरमा वस्ने मानिसको तनावको पारो सीधा उध्र्व रेखामा वढेर आधा मासु हुनपुग्छ जुन आजभोलीका हरेक घरको भोगाई हो । त्यसमा पनि आज भोलीको टिपर आतंक साच्चै कहालीलाग्दो छ । विश्व वजारको तुलनामा नेपाली समाजको व्यक्तिगत विकास सामाजिक विकासको तुलनामा अत्यधिक वढ्दैगएको छ । घर गाडी मोटर साईकल नहुनु भनेको कमजोर हुनु हो भन्ने वुझाई वाट समाज प्रशिक्षित छ ।

जसले आवश्यकता भन्दा प्रतिस्पर्धाको कारणले पछिल्लो दशक सवारी साधनको खरिद विक्री फस्टाउदै गएको छ । नेपाल सरकारद्वारा संचालीत सरकारी सेवादायक सवारी साधन वन्दहुदै जानु र प्राईभेट कम्पनीको मनोमानी वढ्दैजादा वरु कम खाउ पुरानो कपडा लगाउ तर सवारी साधन मोटर सईकल वा गाडी खरिद गरौ भन्ने अभियान नै चलेको छ । त्यसमाथि पनि सार्वजनिक सवारिसाधनमा महिलामाथि हुने हिंसाले स्कुटीको खपत पनि पछिल्लो समय ह्वात्तै वढेको छ ।

हरेक घरका मानिस सानो वा ठुलो वैदेशिक रोजगारीमा हुनुले पनि सवारीसाधनको माग र आपुर्ति वढेको पाईन्छ । पछिल्लो समय शहर केन्द्रीत घर जग्गाको भाउको अभिवृद्घिले थोरै जग्गा वेच्दापनि महंगा मोटरसाईकल वा गाडी नै खरिद गर्न पुग्ने रकम आउने हुनाले आवश्यकता भन्दा वढी देखासेखी वा सौख वढ्दै गएको छ । जसले प्राईभेट सवारी साधनको चाप वढेको छ । यो पनि सवारी दुर्घटनाको कारण हो ।
कमजोर सरकारी संयन्त्रलाई व्यवसायीले वसमा पारेर साना सवारीसाधन जस्तै सानो मइक्रो टेम्पो फोर्स जस्ता गाढी वढी हुनुले रोडमा जाम हुनु अर्को ठुलो कारण भएको छ हालै मात्र संचालित साझा यातायात, महानगर यातायात, मयुर यातायात, मेट्रो सिटी जस्तै लामो र ठुलो सवारी साधन चलेमा वढी यात्रु आवत जावत गर्न सहज हुने हुदा सानालाई विस्थापित गरि ठुलालाई चलाउन सकेमा केहिहदसम्म सार्वजनिक सवारी साधनको जाम कम हुदै शहरको अस्तव्यस्तता कम हुने थियो ।

आजभोली वजारलाई तताउने विषय वनेको छ टिपर आतंक । निर्माण सामाग्रीको उच्चतम खपत भईरहेको काठमाण्डौ उपत्यकामा माग अनुसारको वालुवा,गिट्टी,ढुङ्गा,माटो लगाएतका सामान ओसारपसार गर्ने मुख्य साधनको नाम टिपर हो । अव प्रश्न उठ्छ कि के टिपर आफै दुर्घनाको कारण हो त ? के चालकको लापरवाहिले मात्र वारम्वार दुर्घटना हुन्छ ? के टिपरका ड्राईभरको उद्वेश्य सडकमा यात्रा गर्ने मान्छे मार्नु हो त ? के साना सवारी साधन चालकको गल्ती नै हुदैन त ? नियमनकारी निकाय सर्वगुण सम्पन्न छ त ? आखिर जिम्वेदारी कस्को ?
माथि उठान गरिएका कैयन प्रश्नको उत्तर तपाई हामी सवैलाई थाहा छ । हाम्रो समाज कानुनको अधिनमा रहि कार्वाहीको कोरा नलगाईकन कुनै पनि कानुन पालना गर्न मान्दै मान्दैन वा माथिको आदेशमा पालना गर्दैन ।

हेल्मेट वा हेल्मेटको फित्ता नलगाईकन मोटरसाईकल स्कुटी चलाउछ र ट्राफिक प्रहरीलाई जागीर खाईदिने धम्की दिन्छ । प्राईभेट सवारी साधन चालकले सिटवेल्ट वान्दैन र उल्टै ट्राफिक लाई म को हो चिनिस ? भन्छ । नो पार्किङ्ग मा गाडी, मोटर साईकल वा स्कुटी रोक्छ र माथिल्लो स्तरको कर्मचारी वा मन्त्रीको पीयलाई फोन लाउछ । अव कसलाई दोष दिने ?
हो टिपर आजको दिनमा यमराज भएर मत्त हिडेको छ । लाग्छ उ मान्छे मार्ने मेसिन हो तर के टिपर मात्र सडक दुर्घटनाको एकतर्फी कारण हो त ? अवश्य होईन किनकी हामी अत्याधिक मानिस मोटरसाईकल वा स्कुटीको प्रयोग कर्ता छौ । हामी आफैले सोचौ त ? मात्र मुसो छिर्न मिल्ने प्वालमा हामी नडराईकन सवारी साधन छिराउछौ ।

के यो वानी राम्रो हो त ? त्यसमा पनि ठुला सवारीसाधन जस्तै टिपर,ट्रक,वसमा ड्राईभरको सिट सडकवाट ५÷६ फिट माथि हुन्छ जसले नजीकै मुनीको स्कुटी, मोटरसाईकल देख्दैैन त्यसैले नजीकैजानुभन्दा अलि वरपर रोकेर जामखुल्ने समय कुर्ने हो कि ?
नियमनकारी निकायको नियममा एउटा गाडी अर्को अघिल्लो गाडीको ३ देखि ५ फिट पछिमात्र रोक्ने नियम छ तर तपाई हामी सवैले भोगेकै र प्रयोग गरेको कुरा हो कि ५ इन्च देखि एक फिटकोमात्र दुरीमा हामी गाडी वा मोटरसाईकल रोकेका हुन्छौ । झन उकालो ओरालो वाटोमा झन वढी समस्या देखिन्छ । यसमा दोष कसलाई दिने ?
वाटोमा पैदल यात्रागर्ने मानीसहरुको त झन विकराल अवस्था छ किनकी काहावाट वाटो काट्नहुने भन्ने सामान्य जानकारी नराखी वाटो काट्ने चलन छ ।

हात उढाएर वाटो काट्छन तर गाडी , मोटरसाईकलको व्रेकको व्यालेन्स विग्रीयो भने हात उठाएको उठायै चोट वोक्न वाध्य हुन्छन अनि दोष हुन्छ सवारी चालकको । हालको दिनमा उपत्यकामा ओभरहेड व्रिज र जेव्रा क्रसिङ्ग प्रशस्त छन तर त्यसको भन्दा वढी प्रयोग अन्यत्र हुन्छ । चेतना को कमीले होईन यो जवर्जस्ती हो । यसको नियमन कसरी गर्ने ? खाली ठुला सवारी साधनलाई दोष देखाउदै हामीले उम्कन मिल्दैन ।
मोटरसाइकल चालक मध्ये अधिकतम कम उमेरका विद्यार्थी हरु छन । जसलाई गन्तव्यमा पुग्नु पहिलोकाम भन्ने मात्र थाहा छ । कसले सिकाई दिने कि दुईपाग्रे द्रुत गतिको लागि होईन भनेर । वरु यसको सजिलो उपाए भनेको कलेज पढ्ने विद्यार्थीले मोटरसाईकल र स्कुटर चलाउन नपाउने नियम वनाई दिनुप¥यो जुन प्रयोग केही कलेजहरुले गरिसके जसले भोलीका कर्णधार को जीउज्यानको जोखिम कम हुने थियो ।

त्यतिले मात्र होईन हरेक अभिभावकको दायित्व पनि हो कि उसको भविष्यले कसरी सवारी साधन चलाउदै छ त्यसवारे जानकारी राख्ने कि ? विद्यालयको शिक्षाको माध्यामिक स्तरमा नै यी नियमको उल्लंघन गर्न हुन्न भन्ने नैतिक शिक्षाको कक्षा अनिवार्य संचालन गर्ने कि ? संवन्धित निकायले सोच्नेवेला भएको छ ।
सार्वजनिक सवारी साधन चलाउने ड्राईभरले केवल आफु आफ्नो परिवारको मात्रै होइन धेरैको ज्यानसँगै वर्तमान र भविष्य वोकेर हिडेको हुन्छ ।

त्यसैले उसलाई सकारात्मक सोच र चेतनाकोे विकास गर्न तालिम, निजहरुको पारिश्रमिक लाई परिवार चलाउन सक्ने किसिमको वनाई वालवच्चाको शिक्षा दिक्षामा सरकारले उचित व्यवस्थापन गरी । निजहरुले सार्वजनिक यातायात चलाउन पाउने उमेर को हदवन्दी तोकिदिन सरकार तत्पर हुनपर्ने देखिन्छ । ता कि उसलाई केहि काम नपाएर यो पेशामा आएको होईन वरु यो पेशा साच्चै संमानित हो भन्ने चेतना विकास गरौ जसले उनिहरुको निर्णय लिने क्षमतालाई सकारात्मक प्रभाव पारोस न कि साहुको निगाहमा दिन गुजार्न वाध्य वन्नुपारोस् ।
साच्चै नै हामी पुरानो शिक्षा प्रणाली वाट आएका हरुले हिजो शिक्षकको लौरोको डरले गृहकार्य गर्ने वानी वसायौ त्यसपछि पुलीसको डरले नियम कानुनको परेजमा वस्यौ त्यसमा संस्कारको उच्चतम प्रयोगले यो गर्न हुने र यो नहुने भन्ने नियमभित्र वस्यौ । यो समय लामो रहेन हामी स्वतन्त्रताको नाममा जानी नजानी अराजक वन्दै गयौ जसले आजको यो अवस्थामा पुगेका छौ ।

साच्चै तपाई हामीलाई कारवाही चाहिएको छ । नत्र भने टिपरले मान्छे मा¥यो भनेर टिपर वन्द गर्ने , विरामी म¥यो भनेर अस्पताल वन्द गर्ने , राम्रो पढाएन भनेर विद्यालय वन्द गर्ने,वाढी गाउमा पश्यो भनेर जग्गाको प्लानिङ्ग वन्द गर्ने, वढी मुल्यमा समान वेच्यो भनेर पसल वन्द गर्ने वा कमसल खाद्यसामान वेच्यो भनेर होटल वन्दगर्ने तिर लाग्यौ भने समाधान आउछ त ? यदि समाधान नै खोजेको हो भने , नियम उल्लंघन गर्ने सानो ठुलो सवारी साधन जे भएपनि गलतलाई गलत र सहीलाई सही छुट्याउने उद्धेश्यले कारवाहीलाई कडा गर्नुप¥यो र त्यसवाट उठेको रकमलाई हरेक सडकमा सि सि क्यामेरा लगाउन प्रयोग गर्नुप¥यो जसले अनुसन्धान गर्न सहज होस् ।

साथै नेपाल आर्मी, जनपथ प्रहरी,शशस्त्र प्रहरी का जवान वा नगर प्रहरीलाई प्रयोग गरि सवारी लेन उलंघन गर्ने सवारी साधन र जहापायो त्याहीवाट वाटो काट्ने वटुवालाई ठाउको ठाउ कारवाही गर्ने व्यवस्था मिलाउनु प¥यो । सवारी साधनको हकमा रकमको कारवाही गर्ने व्यवस्था मिलाईदिनुपर्यो भने पैदल यात्रीलाई नसिहत स्वरुप सोही स्थानमा एक घण्टा सामाजिक अभियान अर्थात सोही स्थानमा कार्यरत ट्राफिक वा अन्य वललाई सहयोग गर्ने वा सरसफाईमा लगाउने नियम वनाई दिनुप¥यो जसले उसलाई नैतिक दवाव पुगोस र अर्कोपटक नियमको उलंघन गर्नुहुदैन भन्ने चेतनाको विकास होस् ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
इतिहासमा नयाँ पाना इतिहासमा नयाँ पाना
यति विमान दुर्घटना : पहिचान भएका शव आफन्तलाई जिम्मा लगाइँदै

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal