पत्रकार महासंघद्वारा वरिष्ठ पत्रकार शर्माप्रति श्रद्धाञ्जली
प्रकाशीत मिती
माघ २२, काठमाडाै ।
नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधनले स्तब्ध भएको जनाएको छ। नेपालको टेलिभिजन पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका शर्माको निधनले नेपाली पत्रकारिता जगतले एक जना कुशल, अनुभवी, निर्भीक र व्यावसायिक पत्रकारलाई गुमाएको महासंघले जनाएको छ।
शर्माको उपचारका क्रममा बुधबार मनमोहन कार्डियोथेरासिक भस्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, शिक्षण अस्पतालमा निधन भएको हो। मुटुसम्बन्धी रोगबाट ग्रसित ७२ वर्षीय शर्मालाई पछिल्लो समय रक्तचाप र पिसावमा समेत समस्या देखिएपछि ५ दिनअगाडि उपचारका लागि शहीद गंगालाल ह्दयरोग केन्द्रमा भर्ना गरिएकोमा हिजो मंगलबार उक्त अस्पतालमा ल्याइएको थियो।
विस २००४ साल जेठ १४ गते इलाममा जन्मेका शर्माले गोरखापत्र दैनिकको सम्वाददातको रुपमा पत्रकारिता सुरु गरेका थिए। शर्माले रेडियो नेपाल हुँदै नेपाल टेलिभिजनमा स्थापनाकालदेखि नै आवद्ध रही महाप्रबन्धकको जिम्मेवारी वहन गर्दै ९ वर्षअगाडि टेलिभिजनबाट अवकास लिएका हुन्।
तत्पश्चात एभिन्यूज टेलिभिजन, माउन्टेन टेलिभिजनलगायतमा आवद्ध रहेर काम गरेका शर्माले पछिल्लो समय साहित्य क्षेत्रमा समेत कलम चलाएका थिए। उनीद्वारा लिखित ‘बिनाराहदानीको विदेश यात्रा’, ‘छाल’ लगायतका पुस्तक प्रकाशित भएका छन्।