P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

सडकदेखि इण्डियन आइडलको ताजसम्म,सनीको संघर्षको कथा

  • प्रकाशीत मिती

    फागुन १५, काठमाडाै‌ ।

आइतबार राति सम्पन्न भएको ११ औं संस्करणको इण्डियन आइडलुको उपाधि सनी हिन्दुस्तानीले उचाले।

उनले उपाधिको साथमा ट्रफी र नगद २५ लाख भारू पनि जिते।

सनीको जितले फुटपाथमा जुत्ता पालिस गर्दै हिँड्ने २१ वर्षे ठिटोलाई एउटा छुट्टै परिचय दिलाइदिएको छ।

यो परिचयले सनीलाई आफ्ना सपनाहरुको सफल उडान र अवतरण गर्न ठूलै सहयोग गर्नेछ। उनका अगाडि एउटा फराकिलो बाटो बनाइदिएको छ।

तर यहाँसम्म पुग्न उनले गरेको संघर्ष सानो छैन। जिजीभिषाकै चर्को संघर्षकाबीच उनले आफूभित्र हुर्काएको गायकीले आज एउटा मूल्य पाएको छ।

उनी यस संस्करणको उपाधिका दह्रा प्रतिष्पर्धी हुन भन्ने कुरा उनले अडिसनबाटै प्रमाणित गरिसकेका थिए।

अडिसनमै निर्णायकहरू नतमस्तक

हुन त बोल्न हुँदैन होला तर यस्तो लाग्यो अगाडि नुशरत साहब उभिनु भएको छ।

११ औ संस्करणको इण्डियन आइडलमा सनी हिन्दुस्तानीलाई पहिलो पटक सुनेपछि शोका निर्णायकमध्येका एक अन्नु मल्लिकले दिएको प्रतिक्रिया थियो यो।

अडिसनमा उनले चर्चित सुफी गायक नुशरत फतेह खानको आफ्री आफ्रीु बोलको गीत गाएका थिए।

अनुसँगै शोका अन्य दुई निर्णायक नेहा कक्कड र विशाल डड्लानी पनि उनको गायकी सुनेर नतमस्तक भए। गीत सुनेपछि उनीहरूले उठेर उनको गायकीलाई सम्मान गरेका थिए।

अनुले बिना कुनै गुरू मोबाइलमा गीत सुनेकै भरमा संगीतको साधना गरेका उनलाई उनको स्वर सिकक्नेहरूको भन्दा कम नभएको थप प्रतिक्रिया दिएका थिए।

मैले सोचेकै थिएन कसैले यस्तो गीत गाउनेछ त्यो पनि प्रत्यक्षु, अनुले त्यतिबेला भनेका थिए।

यसैगरी नेहाले उनको प्रशंसाका लागि आफूसँग शब्द कम भएको बताएकी थिइन्।

म दिलदेखि यति खुशी छु कि, बताउँनै सक्दिन। तपाईंको आमालाई धन्यवाद छ जसले तपाईंलाई यहाँ ल्याउन यति मेहेनत गर्नुभएको छु, नेहाले भनिन्।

नेहाले यसो भन्दा सनी भक्कानिएका थिए।

उनी भक्कानिनुको कारण उनलाई र उनका ३ दिदी बहिनीलाई हुँर्काउने आमाले झेलेको गरिबी थियो।

मलाई घरघर गएर मेरी आमाले चामल मागेको एकदमै राम्रो लाग्दैनु, अडिसनमा उनले भनेका थिए।

भटिन्डा पंजाबका सनी एउटा गरिब परिवारका सदस्य हुन् जसमाथि बाबुको छाया छैन। ३ दिदी बहिनी र आमासहितको परिवारले बाबुको निधनपछि छाक टार्न ठूलै संघर्ष गर्नुपर्‍यो।

उनले आमालाई घरघरमा गएर आफूहरूको पेट भर्न चामल माग्थिन्। आफूहरूलाई त्यसरी हुर्काएको देखेका सनी ६ कक्षापछि पढाइ छाडेर बुट पालिस गर्न थालेका थिए।

उनले बुट पालिस गर्नुको एउटै उदेश्य थियो पैसा कमाउने र आमालाई सजिलो पार्ने।

अडिसनमा सनीको दुःखले भरिएको कथा सुनेपछि भावुक बनेकी नेहाले उनलाई ढाडस दिदैं जीन्दगीमा आएका मौकाले तिनलाई भुलाउने बताएकी थिइन्।

तिम्रो आँखामा जुन आँशु छ म त्यसलाई अनुभव गर्न सक्छु। एउटा मौका मानिसका लागि कति ठूलो हुन्सक्छ, मलाई थाहा छु, उनले सनीलाई ढाडस दिदैं भनेकी थिइन्।

सिधै पियानो राउण्डमा

निर्णायकहरूको उनको गायकीबाट यो हदसम्म प्रभावित भएका थिएकी उनलाई सिधैं पियानो राउण्डको अवसर दिए।

यद्यपी विशाल भने सनीलाई लिएर सुरुमा दोधारमा थिए।

सनी मलाई तिम्रो गायकीले अनौठौ ठाँउमा ल्याइदिएको छ। तपाईंलाई सुनेपछि मेरो दिमाग पड्किएको छ। मैले आजसम्म नुशरत साहेबलाई यसरी गाएको कहिले पनि सुनेको छैन। उठेर तारिफ त मैले पनि गरें तर तपाईंले गाउनुभएको हर एउटा सुर नुशरत साहेबको हो। नुशरत साहेबको हामी सबै भक्त हौं। मैले १० लाख पटक यो गीत सुनेको हुँला। र मैले तपाईंले याद गरे जसरी यसलाई याद गर्न खोजे पनि जीन्दगी भर सक्दिन।

उनले भनेका थिए त्यो अत्यन्तै प्राकृत छ। तपाईले गीतको रटान एकदमै राम्रो मार्नुभएको छ। एकदमै तगाडा। यसमा दुईटा समस्या छन्। एउटा गीतलाई रट्नु प्रतिभा हुन सक्दैन, गीत गाउनु भएको दोश्रो कुरा हो। मलाई थाहा छैन अगाडी गएर गाउन सक्नुहुन्छ कि हुँदैन। एक वर्ष इन्डियन आइडलमा जान्छु भनेर तपाईले यो गीतमा बिताउनु भएको छ भने। मलाई थाहा छैन अर्को गीतलाई के गर्नुहुन्छरुु

त्यसपछि नेहाले आफूले विशालको संसयमा सजिलो पारिदिने भन्दै अर्को गीत गाउन लगाएकी थिइन्।

त्यसपछि उनले ुजान रे जान लेु बोलको गीत गाए।

गीत सुनेपछि अघिसम्म शंकामा रहेका विशालले आफूलाई थाम्न सकेनन् सिधै थिएटर चरणका लागि दिने माइक हस्तानतरण गर्दै उनलाई अँगालो हाले।

सिक्दै नसिकी कसैले यस्तो कसरी गाउँन सक्छरु म केही बोल्न सकिरहेको छैन। यदी यो सबै साँचो हो र तपाईंले गीत सुनिसुनि मात्रै यस्तो हुनुभएको हो भने तपाईंलाई थाहा छैन तपाईं के हो भनेर। यहाँबाट निस्केपछि मानिसहरूले हामीले तपाईंलाई छानेका हौं भनेर सम्झिनेछन्।, माइक दिदैं सनीको प्रशंसामा विशालले आफ्नो यस्तो भनाइ राखेका थिए।

अन्तिम स्पर्धाका लागि सनी छनौट भएपछि उनको चर्चालाई थप चुल्याउने कामचाँहि प्रख्यात भारतीय गाडी निर्माता कम्पनी महिन्द्राका प्रमुख आनन्द महिन्द्राको ट्विटले गर्‍यो।

उनले अडिसनको भिडिओ क्लिप पोस्ट गर्दै आफूलाई भिडिओ हेरेर आँशु आएको प्रतिक्रिया दिएका थिए।
‘इन्डियन आइडल ११’ बनेसँगै भारतका साना शहरमा रहेर ठूला सपना देख्नेहरूका लागि सनी एउटा प्रेरणाका श्रोत बनेका छन्।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
दक्षिण एसियाली कला प्रदर्शनी काठमाडौंमा सुरू
रियालिटी शो ‘महागफाडी’ निर्माणको घोषणा
अभिनेता सारुक ताम्राकारको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि
बालेन साहले ‘आदिपुरुष’ बाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटे महानगरभित्र हिन्दी चलचित्र चल्न नदिने
ऐश्वर्या राई बच्चन कान्स फिल्म फेस्टिभलमा सहभागी भएपिछ पहिरनका कारण विवादमा
तीन वर्षपछि एकसाथ देखिए पल र आँचल

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal