P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

रियालिटी शो ‘महागफाडी’ निर्माणको घोषणा

  • प्रकाशीत मिती

    साउन १७ , काठमाडौँ ।

क रियालिटी शो ‘महागफाडी’ निर्माण घोषणा गरिएको छ। टाढापोटी फिल्मस् प्रालिले आइतबार राजधानमिा एक कार्यक्रमकाबीच शो आयोजना गरिने घोषणा गरेको हो।

बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरुका लागि एउटा गलिलो प्लेटफर्म उपलब्ध गराउने शोको उद्देश्य रहेको शोका निर्देशक नरेशनाथ योगीले बताए। टेलिभिजन रियालिटी शोको रुपमा तयार हुने शोमा विश्वका जुनै कुनामा छरिएर रहेका नेपालीभाषी नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन्। सहभागीले अडिसन आफ्नो मातृभाषामा पनि दिन पाउनेछन् । कार्यक्रममा सहभागीले आफ्ना ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानमार्फत आफूलाई महागफाडीको दाबेदारको रुपमा प्रस्तुत गर्नेछन्। सहभागीका लागि आयोजकले अनलाइन अडिशन खुल्ला गरेको छ। अडिशनमा छनोट भएका सर्वोत्कृष्ट १८ जनाबाट मुख्य उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले बताएको छ।

वरिष्ठ हास्य कलाकार शैलेन्द्र सिंखडा, बुद्धि तामाङ र अभिनेत्री लुनिभा तुलाधर शोको निर्णयमा रहेका छन्। कार्यक्रमको होष्ट कलाकार कामेश्वर चौरसियाले गर्नेछन्। शोका विजेताले नगद १५ लाख र सवारी साधन, द्वितीय हुनेले नगद १० लाख र सवारी साधन तथा तृतीय हुनेले नगद ५ लाख र सवारी साधन उपहारको रुपमा प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ। त्यसैगरि चौथो र पाँचौं स्थान हासिल गर्नेले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोगको भनाइ छ।

फाइनल अष्ट्रेलियामा हुने कार्यक्रममा टेलिभिजनमा भने १६ हप्तासम्म चल्ने छ। कार्यक्रम अवधिभर प्रतियोगीहरूले कुनै भाषा, लैंगिक, समुदाय, जातजाति, धर्म सम्प्रदायलाई प्रत्यक्ष नकारात्मक असर पर्ने प्रस्तुति भने राख्न पाउने छैनन्।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
दक्षिण एसियाली कला प्रदर्शनी काठमाडौंमा सुरू
अभिनेता सारुक ताम्राकारको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि
ऐश्वर्या राई बच्चन कान्स फिल्म फेस्टिभलमा सहभागी भएपिछ पहिरनका कारण विवादमा
तीन वर्षपछि एकसाथ देखिए पल र आँचल
ज्यान मार्ने धम्कीपछि सलमानको घरअगाडि अस्थाई प्रहरी चौकी स्थापना, बढाइयो सुरक्षा
कलाकारविरुद्ध अपशब्द प्रयोग गरेको आरोपमा विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक पक्राउ

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal