P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

ज्यान मार्ने धम्कीपछि सलमानको घरअगाडि अस्थाई प्रहरी चौकी स्थापना, बढाइयो सुरक्षा

  • प्रकाशीत मिती

    चैत ७ , काठमाडौँ ।

बलिउड स्टार सलमान खानलाई ज्यान मार्ने धम्की आएपछि सुरक्षा बढाइएको छ।

मुम्बई प्रहरीले मुम्बईको बान्द्रास्थित सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर सुरक्षा बढाएको हो। प्रहरीले अपार्टमेन्ट बाहिर अस्थाई प्रहरी चौकी समेत स्थापना गरेको छ। जसमा दुई जना सहायक प्रहरी निरीक्षक (एफआईआर) र १० जना हवल्दार खटाइएको छ।

ज्यान मार्ने धम्कीपछि सलमानको घरअगाडि सर्वसाधारणको आवतजावतमा पनि कडाइ गरिएको छ।

हालै सलमानलाई रोहित नामको मेलबाट ज्यान मार्ने धम्की आएको छ। इमेल धम्कीमा माफिया डन लरेन्स बिश्नोइको हालैको एक अन्तर्वार्तालाई उदधृत गरिएको छ, जसको उद्देश्यन खानलाई मार्ने रहेको बताइएको छ।

करिब एक वर्षअघि पनि सलमानलाई ज्यान मार्ने धम्की आएको थियो।

सलमानसँग वाई श्रेणीको सुरक्षा छ। उनी आफ्ना निजी सहयोगीका साथ बुलेट प्रुफ गाडीमा मात्रै घरबाहिर निस्किन्छन्।

धम्की आएपछि प्रहरीले लरेन्स बिश्नोई, गोल्डी ब्रार र रोहित ब्रारविरुद्ध एफआईआर दर्ता गरेको छ। साथै, प्रहरीले सलमानलाई कुनै पनि आउटडोर सुटिङ वा कुनै प्रमोशनल कार्यक्रममा सहभागी नहुन अनुरोध गरेको छ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
दक्षिण एसियाली कला प्रदर्शनी काठमाडौंमा सुरू
रियालिटी शो ‘महागफाडी’ निर्माणको घोषणा
अभिनेता सारुक ताम्राकारको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि
ऐश्वर्या राई बच्चन कान्स फिल्म फेस्टिभलमा सहभागी भएपिछ पहिरनका कारण विवादमा
तीन वर्षपछि एकसाथ देखिए पल र आँचल
कलाकारविरुद्ध अपशब्द प्रयोग गरेको आरोपमा विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक पक्राउ

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal