P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

निकुञ्जका कर्मचारीले घरमा आगो लगाइदिएपछि बिचल्ली

  • प्रकाशीत मिती

    साउन १०, काठमाडौं

 चितवनको कुसुम खोलामा बस्दै आएका चेपाङ समुदायको घरमा चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी सहितले आगो लगाएपछि उनीहरुको बिचल्ली भएको छ । बर्खाको समयमा सरकारी निकायका कर्मचारीहरुबाट नै पीडित भएपछि चेपाङ समुदायका व्यक्तिहरु अहिले स्थानीय विद्यालयमा वत लागेर बस्न बाध्य छन् । कोभिडका कारण विद्यालयहरु बन्द रहेकाले उनीहरु विद्यालयमा बस्न पाएका छन् तर विद्यालयमा अध्ययन सुरु हुन थालेपछि भने उनीहरु झन समस्यामा पर्ने देखिन्छ । 

गत शनिबार चेपाङ समुदाय बस्दै आएका दुईवटा घरमा निकुञ्जका कर्मचारीले आगो लगाएका हुन् । अन्य घरहरु र खेतीबालीमा हात्ति लगाएर नष्ट गरिएको छ । स्थानीय गंगामाया चेपाङले हात्तीसहित आएको निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले घरमा आगो लगाएको बताइन् । 

बर्खाको समय त्यसैमाथि बालि भित्र्याउने चटारो भइरहेका बेला घरमा आगो लगाएपछि ४ जनाको परिवार सहित उनी अहिले स्थानीय विद्यालयमा वत लागेर रात विताउन बाध्य छिन् । उनले भनिन्, ‘‘तपाईँहरु जानुपर्छ भनेर भन्नुभयो । नगरपालिकाले घर बनाएको दिएको छ त्यहाँ जानुस् भन्नुभयो तर नगरपालिकाले घर दिएको छैन । जमिन भए पो बालबच्चालाई पाल्ने हो नी । हामीले त्यही भन्दा जवरजस्ती गर्नुभयो । तपाईहरु बस्नु पाउँदैन भनेर आगो लगाउनुभयो । ओड्ने ओच्छ्याउने केही छैन् भनेर भन्दा विद्यालयमा गएर सुत्नुहोस् भन्नुभयो ।’’

निकुञ्जका कर्मचारी एक्कासी आएर घर भत्काएका र आगजनी गरेको बताउनुहुने अर्का स्थानीय दानबहादुर प्रजाले आफ्नो घरमा आगजनी गरिदिँदा नागरिकताको प्रमाणपत्र र १० हजार नगद समेत जलेर नष्ट भएको बताए । 

अर्का स्थानीय कविता चेपाङले तिमीहरु यता बस्न पाउँदैनौ भनेर डर देखाउँदै आगो लगाइएको बताइन् । बर्खाको समयमा बच्चालाई लिएर कहाँ जाने ? के दिएर पाल्ने भन्दा निकुञ्जका कर्मचारीहरले डर देखाएको उनको भनाइ छ । 
स्थानीय लालीमाया चेपाङले सरकारले नागरिकता नदिएर सुकुम्बासी बनाएको दुखेसो पोख्दै बर्खाको समयमा बच्चाहरुलाई लिएर कहाँ जाने ? हामी कहिलेसम्म सुकुम्बासी बस्ने ? भन्दै प्रश्न समेत गरिन् । 

स्थानीयहरु बिचल्ली हुनेगरी घरमा आगजनी गर्ने र खेतिबालि नष्ट गर्ने कार्यको माडी नगरपालिकाको पहलमा छानबिन सुरु भएको छ । निकुञ्जले कुनै पनि समन्वय नगरी स्थानीयका घर भत्काउने गरी गरेको घटनाको निन्दा गर्दै नगरपालिका मेयर ठाकुर प्रसाद ढकालले दोषिलाई कारवाही हुनुपर्ने बताए । बर्खाको समयमा घरमा आगो लगाउने, खेति नष्ट गर्न आदेश दिने जो कोहीलाई पनि कारबाही हुनपर्ने उनले बताए । मेयर ढकालले राष्ट्रिय निकुञ्ज ऐन संशोधनको आवश्यकता रहेको उल्लेख गर्दै उक्त टोलीको नेतृत्वकर्ता सहायक संरक्षण अधिकृत भोजराज पन्तलाई कारवाही हुनुपर्ने बताए । उनलाई निर्देशन दिने प्रमुख संरक्षण अधिकृत वा मन्त्रालयको सविच मन्त्री जो सुकै भएपनि आवश्यक कारवाही हुनुपर्ने उनले बताए । 

यता निकुञ्जले भने जग्गा अतिक्रमण गरेर बसेकाहरुलाई ठाउँ खाली गर्न भनिएको अटेर गरेका कारण फुसको झुप्रोहरु हटाइएको बताएको छ । स्थानीयले आरोप लगाएजस्तो आगजनी नै नगरिएको निकुञ्जको दाबी छ । तर दुईवटा घरमा आगो लगाएको भने प्रष्ट देखिन्छ । निकुञ्जले फुसको झुप्रो भनेतापनि त्यहाँँ बस्ने चेपाङ्ग समुदायको लागि त्यो महल बराबर रहेको छ । अहिले पीडितहरुको व्यवस्थानको काम नगरपालिकाले गरिरहेको छ । तत्काल पीडित चेपाङ समुदायलाई नगरापालिकाको वडा नम्बर ९ राईं गाउँमा व्यवस्थापन गरिने मेयर ढकालले बताए । 

 घटनाको बिषयमा छानबिन गर्न वन मन्त्रालयका सह सचिव यज्ञनाथ दहाल नेतृत्वको टोली शुक्रबार चितवनको कुसुम खोला पुगेर स्थलगत निरीक्षण गरेको छ । टोलीले त्यहाँका स्थानीयहरुसाग घटनाको बिषय सोधपुछ समेत गरेको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने
रास्वपा प्रवेश गर्दै सुदन गुरुङ
बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
यी ३३ जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal