P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

अनलाइन स्विमिङ कोर्स शनिबारदेखि शुरु

  • प्रकाशीत मिती

    साउन १६, काठमाडौं ।

नेपाल ट्राइयाथलन सङ्घको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल १ कोचिङ कोर्स शनिबारदेखि शुरु हुने भएको छ । यही साउन १७ र १८ गते सञ्चालन हुने अनलाइन कोर्समा पौडीसम्बन्धी प्राविधिक ज्ञान प्रदान गरिनेछ । 

सिङ्गापुरका प्रशिक्षक युगिन लीले अनलाइनमार्फत प्रशिक्षण प्रदान गर्नेछन् । ली वल्र्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक पनि हुन् ।

प्रशिक्षकहरुमा वैज्ञानिक प्रशिक्षण  र प्राविधिक ज्ञानसहित पौडी खेलाडीमा प्रभावकारी ज्ञान प्रदान गर्न मद्दत पु¥याउने कोर्सको उद्देश्य रहेको छ । 

कोर्सले प्रशिक्षक प्रशिक्षणसम्बन्धी उच्च ज्ञान प्रदान गर्नाका साथै प्रशिक्षकको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेलसम्बन्धी विशेष ज्ञान प्रदान गर्नेछ । प्रशिक्षकले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्नाका साथै भइरहेका खेलाडीहरुको स्तर वृद्धि गर्नसमेत ठूलो सहयोग पुग्ने सङ्घको विश्वास रहेको छ । 

वल्र्ड कोचेज एकेडेमीले चीन, हङकङ, मलेसिया, इन्डोनेसिया, सिङ्गापुर र भारतमा सफलतापूर्वक कोर्स सञ्चालन गरिसकेको छ ।

ट्राइयाथलन पौडी, साइक्लिङ र दौडको मिश्रित खेल हो । कोर्समा ट्राइयाथलनसँग सम्बन्धित २५ प्रशिक्षकले प्रशिक्षण लिनुहुने ट्राइयाथलन सङ्घका महासचिव युवराज सुनुवारले जानकारी दिए ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने
रास्वपा प्रवेश गर्दै सुदन गुरुङ
बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
यी ३३ जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal