P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

इन्स्टाग्राममार्फत ‘सामान पठाउँछु’ भनेर ४८ लाख ठगी

सिन्धुली घर भएकी कविता (नाम परिवर्तन)सँग मार्के आरोन नामको विदेशीको सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत चिनजान भयो । लन्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर दावी गर्ने ती विदेशीले नेपाल आएर विवाह गर्ने प्रलोभन देखाए । कविता लोभमा परिन् । लकडाउनपछि नयाँ वर्षमा हिराको औंठी, सुनको सिक्री र २ लाख ३० हजार बेलायतको पैसा ‘पाउण्ड’ पठाएको छु भनेर पार्सलको फोटो पठाए ।

भन्सार छुटाउन र एक्सचेन्ज चार्जको नाममा कविताले सिन्धुलीबाट ४८ लाख ५४ हजार पठाईन् । पैसा गयो तर, सामान आएन् । बेलायतको डाक्टर हुँ भन्ने ती विदेशी नेपालमा बसेर उनलाई ठगिरहेका थिए । तर, लोभमा पर्दा ती युवतीले ४८ लाख गुमाएकी छिन् ।

महङ्गो उपहार र पाउण्ड स्ट्रलिङ पठाएको नाममा काठमाडौंमा बसेर ठगी धन्दा चलाउने गणतन्त्र डी एंगोलाका नागरिक सिल्भा एन्टोनियो डाकोस्टालाई महानगरीय अपराध महाशाखाले पक्रेको छ । शुक्रवार उनलाई ठमेलबाट पक्राउ गरिएको मशाहाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले जानकारी दिए । सामाजिक सञ्जालमा नाम र पेशा ढाँटेर उनले ठग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

सामाजिक सञ्जालबाट चिनजान गरेर अर्का पीडितलाई बहुमूल्य सामानको भन्सार छुटाउन मागेको २० लाख लिन लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनले लोभ देखाएर अर्की एक युवतीबाट पनि ३७ हजार लिएको खुलेको छ । सिल्भा एन्टोनियोले केमिकलको प्रयोग गरेर नक्कली नोट समेत बनाउने गरेको थाहा भएको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने
रास्वपा प्रवेश गर्दै सुदन गुरुङ
बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
यी ३३ जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal