P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

कोरोना संक्रमित : आइसियुमा एक सय ४४, भेन्टिलेटरमा १७ जना

  • प्रकाशीत मिती

    भदौ १४, काठमाडौं ।

पछिल्लो समय कोरोना संक्रमितहरु आइसियु र भेन्टिलेटरमा पुगेर ज्यान गुमाउने क्रम बढिरहेको छ।

ज्यान गुमाउनेमा ५० वर्षभन्दा माथिका धेरै भए पनि युवा उमेरकाले पनि मृत्युवरण गरिरहेका छन्।  पछिल्लो पटक तीनजना युवा उमेरका पुरुषले ज्यान गुमाएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमका अुनसार ललितपुरका २९ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको छ।

त्यसैगरी रौतहटका ३० वर्षीय पुरुषको कोभिड पुष्टि भएकै भोलिपल्ट पर्सामा मृत्यु भएको छ। अर्कातिर महोत्तरीका एकजना ३५ वर्षीय पुरुषले पनि कोरोनाबाट ज्यान गुमाएका छन्।  कोरोना संक्रमण समुदायमा फैलिएसँगै आइसियु र भेन्टिलेटरमा पुग्‍नेको संख्या पनि थपिँदैछ। आज भक्तपुरका ६५ वर्षीय पुरुषले होम आइसोलेसनमै ज्यान गुमाएका छन्। 

त्यस्तै भक्तपुरको लोकन्थलीका ७७ वर्षीय पुरुषलाई निजामती अस्पतालमा ल्याउँदा आइसियु खाली थिएन। त्यसपछि फर्काएर लोकन्थलीस्थित समिट अस्पतालमा उपचारका क्रममा आइतवार ज्यान गएको छ।  मन्त्रालयका अनुसार देशका पाँचवटा प्रदेशमा हाल १ सय ४४ जना संक्रमितको आइसियुमा उपचार भइरहेको छ। यसरी उपचार गर्नेमा प्रदेश १ मा १७ जना, प्रदेश २ मा ३८ जना, बागमती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश नम्बर ५ मा १६ जना रहेका छन्।  त्यस्तै गम्भीर बिरामी परेर भेन्टिलेटरमा उपचार गराउनेको संख्या १७ रहेको छ।

सबैभन्दा धेरै बागमती प्रदेशमा १२ जना रहेका छन्। त्यस्तै प्रदेश २ मा तीनजना र प्रदेश ५ मा २ जना संक्रमितको अहिले भेन्टिलेटरमा उपचार भइरहेको छ। 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने
रास्वपा प्रवेश गर्दै सुदन गुरुङ
बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
यी ३३ जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal