P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

विश्व बजारमा सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने टप फाइभ कम्पनी

  • प्रकाशीत मिती

    भदौ १०, काठमाडौं ।

  चालु वर्ष सन् २०२० को दोश्रो त्रैमासिकमा विश्व बजारमा स्मार्टफोनको समग्र बिक्रीमा गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले गिरावट आएको छ ।

अप्रिलदेखि जुन महिनासम्मको अवधिमा २९ करोड ५० लाख गोटा स्मार्टफोन बिक्री भएका छन् ।

यो वर्षको दोश्रो त्रैमासिकमा पनि कोरोना भाइरस महामारीले स्मार्टफोनको बिक्रीमा उल्लेख्य असर पारको देखिएको छ ।

दोश्रो त्रैमासिक अवधिमा चीन बाहेक विश्वका अन्य सबैजसो देशका स्मार्टफोन बजारमा लकडाउनको अवस्था रहेको र मानिसहरु स्मार्टफोन खरीदका लागि बजारसम्म निस्किन कठीन हुँदा त्यसको असर स्मार्टफोनको मागमा देखिएको हो । यस अवधिमा विश्वका सबैभन्दा ठूला पाँचवटै कम्पनीले बिक्री गरेका स्मार्टफोनको संख्यामा कमी आएको पाइएको छ । गार्टनरको तथ्यांक अनुसार धेरै स्मार्टफोन बिक्री गर्ने संख्याको आधारमा विश्वका पाँच ठूला स्मार्टफोन कम्पनी यी हुन् :

१. सामसुङ : सन् २०२० को दोश्रो त्रैमासिकमा विश्वको स्मार्टफोन बजारमा सामसुङको हिस्सा १८.६ रहेको छ । यस अवधिमा सामसुङले ५ करोड ४७ लाख गोटा स्मार्टफोन बिक्री गरेको छ । जुन सन् २०१९ को दोश्रो त्रैमासिकको अवधिमा २७.१ प्रतिशतले कम हो । गत वर्षको दोश्रो त्रैमासिकमा उसले ७ करोड ५१ लाख गोटा स्मार्टफोन बेचेको थियो । सामसुङले यो एक वर्षको अवधिमा विश्व स्मार्टफोन बजारमा आफ्नो हिस्सा समेत गुमाएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासिकमा सामसुङको बजार हिस्सा २०.३ प्रतिशत रहेकोमा अहिले १८.६ प्रतिशतमा झरेको हो ।

२. हुवावे : सन् २०२० को दोश्रो त्रैमासिकमा हुवावेले ५ करोड ४१ लाख गोटा स्मार्टफोन बिक्री गरेको छ । विश्व स्मार्टफोन बजारमा हुवावेको हिस्सा १८.४ प्रतिशत रहेको छ । जबकी सन् २०१९ मा हुवावेको हिस्सा १५.७ प्रतिशत थियो । यद्यपि गत वर्षको दोश्रो त्रैमासिकमा भन्दा हुवावेले ६.८ प्रतिशत कम मात्र स्मार्टफोन बिक्री गरेको छ । चिनियाँ बजारमा आफ्नो बिक्री उल्लेख्य मात्रामा बढाउन सफल भएसँगै विश्वका अन्य बजारमा खराब प्रदर्शन हुँदाहुँदै पनि हुवावेले आफ्नो शाखलाई कायमै राख्यो । सन् २०२० को दोश्रो त्रैमासिकमा चिनियाँ स्मार्टफोन बजारमा हुवावेको हिस्सा ४२.६ प्रतिशत पुगेको छ । सन् २०१९ को दोश्रो त्रैमासिक रिपोर्ट अनुसार हुवावेको बजार हिस्सा १५.७ प्रतिशत थियो । सो अवधिमा हुवावेले ५ करोड ८० लाख स्मार्टफोन बिक्री गर्न सफल भएको थियो ।

३. एप्पल : अमेरिकी कम्पनी एप्पलले यस अवधिमा ३ करोड ८० लाख गोटा आइफोन बेच्न सफल भएको छ । यो सख्या गत वर्षको सोही अवधिको तुलनामा ०.४ प्रतिशतले कम हो । सन् २०२० को दोश्रो त्रैमासिकमा विश्व बजारमा अन्य ब्राण्डका स्मार्टफोनको बिक्री निराशाजनक हुँदा आइफोनको बिक्री भने उत्साहप्रद रहेको थियो । साथै पहिलो त्रैमासिकमा भन्दा दोश्रो त्रैमासिकमा आइफोनको बिक्री बढेको थियो । विश्व स्मार्टफोन बजारमा अहिले एप्पलको हिस्सा १३ प्रतिशत छ । सन् २०१९ को दोश्रो त्रैमासिक अवधिमा एप्पलको बजार हिस्सा १०.४ प्रतिशत थियो । सो अवधिमा एप्पलले ३ करोड ८५ लाख गोटा आइफोन बेचेको थियो ।

४. शाओमी : चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले २०२० को दोश्रो त्रैमासिक अवधिमा २ करोड ६० लाख स्मार्टफोन बेच्न सफल भएको छ । गत वर्षको सोही अवधिको भन्दा २१.५ प्रतिशतको गिरावट व्यहोरेको शाओमीको बजार हिस्सा ८.९ प्रतिशतमा खुम्चिएको छ, जुन गत वर्षको दोश्रो त्रैमासिकमा ९ प्रतिशत थियो । सन् २०१९ को दोश्रो त्रैमासिकमा शाओमीले विश्व बजारमा ३ करोड ३२ लाख गोटा स्मार्टफोन बेच्न सफल भएको थियो ।

५. ओप्पो : विश्वका टप फाइभ स्मार्टफोनमा पर्न सफल ओप्पोको बजार हिस्सा ८ प्रतिशत रहेको छ । चालू अंग्रेजी वर्षको दोश्रो त्रैमासिकमा ओप्पोले २ करोड ३६ लाख गोटा स्मार्टफोन उपभोक्ताको हातसम्म पूराउन सफल भएको छ । गत वर्षको दोश्रो त्रैमासिकमा २ करोड ८० लाख गोटा स्मार्टफोन बेचेको ओप्पोले यो वर्ष १५ दशमलब ९ प्रतिशतको गिरावट व्यहोरेको छ । यद्यपि सन् २०१९ को दोश्रो त्रैमासिकमा बजार हिस्सा ७.६ प्रतिशत रहेकोमा अहिले बढेर ८ प्रतिशत पुगेको छ ।

–एजेन्सीको सहयोगमा

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
केही दिन आफूलाई अनावश्यक फोन र मेसेज नगर्न शिक्षामन्त्री पुनको आग्रह
बैंक नोटबाहेक छपाईका सबै काम नेपालमै सुरु : सञ्चारमन्त्री गुरुङ
२१ सय माथि पुग्यो नेप्से, ४ अर्बको कारोबार
३८ हजारमाथिका मोबाइल आयातमा प्रतिबन्ध
ट्वीटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशको ३५०० अकाउन्ट
नयाँ सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal