P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

बाइडेनले पहिलो फोनवार्ता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोसँग गर्ने

अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले पहिलो फोनवार्ता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोसँग गर्नेछन् । 

बाइडेनकी प्रेस सचिव जेन साकीले आफ्नो पहिलो ह्वाइट हाउस ब्रिफिङमा यसबारे जानकारी दिएकी हुन् । उनका अनुसार नयाँ राष्ट्रपतिले हप्ताको अन्त्यसम्म विदेशी नेतासँग कुरा गर्ने र पहिलो फोन क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोलाई गर्ने जानकारी दिएकी छिन् । 

साकीले भनिन्, ‘उहाँले शुक्रबार प्रधानमन्त्री जस्टिन ट्रूडोसँग पहिलो फोनवार्ता गर्नु हुनेछ । मलाई आशा छ कि क्यानडासँग निश्चित रुपमा उहाँले महत्वपूर्ण सम्बन्धका साथ किस्टोन एक्सएल पाइपलाइनलगायतका मुद्दामा आज जुन हामी निर्णय लिँदै छौं, त्यसबारे पनि चर्चा हुनेछ । यद्यपि, राष्ट्रपति पुटिनसँग कुराकानीको कुनै योजना छैन । आशा छ कि उहाँको सुरुवाती कुराकानी साझेदारी र सहयोगसहित हुनेछ । जो बाइडेनले ती सम्बन्धलाई नयाँ ढङ्गले सुरु गर्नु र संसार सामू भएका चुनौती र खतरलाई टाढा राख्न निकै महत्वपूर्ण भएको मान्यता राख्नुहुन्छ ।’

साकीले भनिन्, ‘जो बाइडेनको शीर्ष प्राथमिकता अमेरिकी जनताका लागि एक अतिरिक्त कोभिड–१९ राहत प्याकेजमाथि सम्झौताका लागि संसद्सँग काम गर्नु हो ।’

उनले भनिन्, ‘उहाँ सधैं सुतेर उठेपछि यो महामारीलाई कसरी नियन्त्रण गर्ने भनेर सोच्नुहुन्छ । यो त्यस्तो मुद्दा हो । राती सुत्नु अघि पनि उहाँको ध्यान यसैमा केन्द्रीत हुन्छ । यो प्याकेज त्यसै तर्फ एक महत्वपूर्ण कदम हो र यसले अमेरिकी जनताका लागि आर्थिक पुल बनाउने काम गर्नेछ । भ्याक्सिन वितरणका लागि यसमा आवश्यक फन्डको व्यवस्था पनि हुनेछ । उहाँ पूर्ण रुपमा यसमा नै व्यस्त हुनुहुनेछ ।’

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने
इरान–अमेरिका तनावः ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट
रास्वपा प्रवेश गर्दै सुदन गुरुङ
बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal