साझाले थप ४० वटा विद्युतीय बस खरिद गर्दै काठमाडौं, असोज २२ । साझा यातायातले थप ४० वटा विद्युतीय बस खरिद गर्न चीनको नान्जिङ अटोमोबाइल कम्पनी (सिएचटिसी)सँग खरिद सम्झौता गरेको छ । साझाले सो कम्पनीसँग ४० वटा विद्युतीय बस र यसलाई आवश्यक पर्ने चार्जरहरु खरिद गरी ५ बर्ष सम्मको मर्मत सम्भार गर्ने सम्झौता गरेको हो । समझदारीपत्रमा साझाका तर्फबाट सञ्चालक समिति सदस्य बन्दना थापा र सिएचटिसीका तर्फबाट नेपाल प्रतिनिधि राजन रायमाझीले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार साझाले बस तथा चार्जर खरिदका लागि ४५ करोड रुपैयाँ बराबर प्रदान गर्ने भएको छ । शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने रास्वपा प्रवेश गर्दै सुदन गुरुङ बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु यी ३३ जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
काठमाडौं, असोज २२ । साझा यातायातले थप ४० वटा विद्युतीय बस खरिद गर्न चीनको नान्जिङ अटोमोबाइल कम्पनी (सिएचटिसी)सँग खरिद सम्झौता गरेको छ ।
साझाले सो कम्पनीसँग ४० वटा विद्युतीय बस र यसलाई आवश्यक पर्ने चार्जरहरु खरिद गरी ५ बर्ष सम्मको मर्मत सम्भार गर्ने सम्झौता गरेको हो ।
समझदारीपत्रमा साझाका तर्फबाट सञ्चालक समिति सदस्य बन्दना थापा र सिएचटिसीका तर्फबाट नेपाल प्रतिनिधि राजन रायमाझीले हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार साझाले बस तथा चार्जर खरिदका लागि ४५ करोड रुपैयाँ बराबर प्रदान गर्ने भएको छ ।