P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

रविको सांसद पद खारेज हुनुपर्ने जिकिर

  • प्रकाशीत मिती

    माघ ११, काठमाडाैं ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको बहसका क्रममा रिट निवेदक पक्षले सांसद पद खारेज हुनुपर्ने जिकिर गरेको छ ।

रिट निवेदकका पक्षबाट ५ जना कानुन व्यवसायीहरु; रिट निवेदक समेत रहेका अधिवक्ता रबिराज बसौला, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरु रमण कर्ण, अमृत खरेल र निकिता ढुङ्गानाले बहस गरे। 

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा सम्मेलित संवैधानिक इजलासमा रविविरुद्धका दुवै रिटको अन्तिम सुनुवाइअन्तर्गत अब लामिछानेका कानुन व्यवसायीले बहस गर्नेछन्। 

रिट निवेदक पक्षका कानुन व्यवसायीले छामिछाने हालसम्म पनि नेपाली नागरिक नभएको जिकिर गरे।  

बहसका क्रममा निवेदक पक्षका कानुन व्यवसायीले लामिछाने अहिलेसम्म नेपाली नागरिक नभएको जिकिर गरेका छन्। बहसका क्रममा अधिवक्ता कर्णले नेपाल नागरिकता ऐन २०६३ को दफा १० को उपदफा (२) बमोजिम लामिछानेको नागरिकता कायम नरहेको जिकिर गरे।  

नागरिकता ऐनको दफा १० को (२) मा ‘नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहने छैन’ भनिएको छ। 

नागरिकता ऐनको उक्त व्यवस्थाअनुसार लामिछाने नेपाली नागरिक नरहेको र उनले अमेरिकी नागरिकता तथा राहदानी त्यागेर नेपाली नागरिकता लिनका लागि कतै पनि निस्सा पेस नगरेको कर्णले उल्लेख गरे। 

वरिष्ठ अधिवक्ता भण्डारीले राज्य व्यक्तिलाई नागरिकता दिन घर–घरमा पुग्ने नभइ व्यक्ति आफैंले नागरिकता प्राप्तीका लागि तोकिएको निकाय वा अधिकारीसमक्ष उपस्थित हुनुपर्ने जिकिर गरे। 

लामिछानेले अमेरिकी नागरिकता (राहदानी) त्यागेको भनेर प्रशासनमा निस्सा उपलब्ध गराइ आफैं उपस्थित भएर पुन: नेपाली नागरिक कायम भएको प्रमाण लिनुपर्नेमा त्यस्तो भएको नदेखिएको वरिष्ठ अधिवक्ता भण्डारीले उल्लेख गरे। 

‘लामिछानेले नेपाली नागरिकता लिने नागरिकता ऐनको दफा ११ को प्रक्रिया नै अपनाएका छैनन्। विदेशी नागरिकता त्यागेको जानकारी सरकारले स्वत: पाउँदैन। जानकारी दिनु पर्छ त्यसको जिम्मेवारी व्यक्तिको हो। रविले त्यो प्रक्रिया अपनाएका छैनन्,’ वरिष्ठ अधिवक्ता भण्डारीले भने। 

लामिछानेले २०७५ जेठ ४ गते नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकी राहदानी र नागरिकता त्याग्नलाई भनेर निवेदन दिएको देखिएको भण्डारीले इजलासमा उल्लेख गरे। अमेरिकी दूतावासले १४ असार २०७५ मा मात्रै लामिछानेको अमेरिकी नागरिकता तथा राहदानी रद्द गर्ने निर्णय गरेको पनि भण्डारीले उल्लेख गरे। 

अमेरिकी दूतावासले नागरिकता तथा राहदानी रद्द गर्ने निर्णय नगर्दै लामिछानेले अध्यागमन विभागलाई पत्र लेख्दै अमेरिकी राहदानी तथा नागरिकता त्यागका लागि निवेदन दिएको देखिएको, तर उक्त निवेदनले कुनै मान्यता नपाउने भण्डारीले जिकिर गरे। 

भण्डारीले लामिछाने हालसम्म नेपाली नागरिक कायम भएको कुनै पनि आधिकारिक प्रमाण नरहेको र नेपाली नागरिक नभएको व्यक्तिले नेपाली नागरिकमाथि शासन गर्न नपाउने भन्दै उनको सांसद पद खारेज हुनुपर्ने जिकिर गरे। 

‘अहिलेसम्म उहाँ (लामिछाने)ले नेपाली नागरिकता लिएको प्रमाण कतै पनि छैन। कानुनअनुसार पूरा गर्नुपर्ने प्रक्रिया पूरा भएको छैन। नेपाली नागरिक नभएको व्यक्तिले नेपाली नागरिकमाथि शासन गर्न पाउँदैन। उहाँको सांसद पद खारेज हुनुपर्छ,’ भण्डारीले इजलाससमक्ष भने। 

लामिछानेले अमेरिकी नागरिकता तथा पासपोर्ट त्याग नगरी (त्याग गरेको निस्सा नदिइ) राजनीतिक दल दर्ता गरेको, निर्वाचनमा प्रतिस्पर्धा गरेको तथा निर्वाचित भएको भन्दै उनको सांसद पद खारेजी लगायतका कारबाहीको माग गर्दै सर्वोच्चमा छुट्टा–छुट्टै २ थान रिट निवेदन दर्ता भएका थिए।  

अधिवक्ता रबिराज बसौला समेत तथा युबराज पौडेलले दायर गरेको रिटमा बुधबार संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो। 
 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने
रास्वपा प्रवेश गर्दै सुदन गुरुङ
बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
यी ३३ जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal