P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

विश्वकप छनोटः सातौँ स्थानको लागि शनिबार नेपाल र नेदरल्याण्ड भिड्दै

चैत ३ काठमाडाैं ।

जिम्बाम्बेमा जारी आईसीसी विश्वकप छनोटको सातौं स्थानका लागि हुने प्ले अफमा नेपाल शनिबार नेदरल्याण्डसँग अन्तिम खेल खेल्दैछ ।
एकदिवसीय मान्यता पाएपछि नेपाली टोली उत्साहित छ भने प्रतियोगितामा खराब लयमा देखिएको नेदरल्याण्ड्स सुपर सिक्समा पुग्न नसकेपछि सातौ स्थानका लागि खेल्नु परेको छ ।
क्वेक्वेस्थित क्वेक्वे स्पोट्र्स क्लबको मैदानमा हुने खेलमा नेपालले झन्डै दुई वर्षपछि नेदरल्याण्डविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो।
पपुवा न्यूगिनीसँग जित हात पारेको नेदरल्याण्ड नेपाललाई हराउँदै आफू उत्कृष्ट भएको प्रमाणित गर्न चाहन्छ,भने प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेको नेपाल नेदरल्याण्डलाई हराएर आफू एक दिवसीयका लागि तयार रहेको जनाउ दिने तयारीमा छ।
नेपाल र नेदरल्याण्डबीच धेरैपटक प्रतिस्पर्धा भएको छैन्। पछिल्लो पटक विश्व क्रिकेट लिग च्याम्पियनसिपका दौरान २०१६ को अक्टोबरमा एक अर्काविरुद्ध भिडेका यी दुई टिममा पहिलो खेलमा नेपालले १९ रनले जित निकाल्दा दोस्रो खेलमा नेदरल्याण्डले ७ विकेटले नेवाललाई पराजित गरेको थियो ।
नेपाल र नेदरल्याण्ड दुवैले ४ वर्षको लागि एकदिवसीय मान्यता पाइसके पनि दुवै बीचको खेल लिस्ट ‘ए’ नै हुनेछ। छनोट प्रतियोगिता पछि मात्रै दुवै देशको खेलले एकदिवसीय मान्यता पाउनेछ।
त्यसअघि भएका दुई खेलमा एक–एक नतिजा आफ्नो पक्षमा पारेका छन्। त्यसैले दुवैका लागि पछिल्ला दुई वर्षमा यो पहिलो भिडन्त भएकाले दुवै टिम एकअर्काविरुद्ध नयाँ टिमका रूपमा नै प्रतिस्पर्धामा उत्रिनेछन्।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने
रास्वपा प्रवेश गर्दै सुदन गुरुङ
बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal