P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

लायन्स क्लब इन्टरनेसनलद्वारा आँखा अस्पताललाई ८० लाखको उपकरण सहयोग

  • प्रकाशक

    जानुका रेग्मी
  • प्रकाशीत मिती

    फागुन २३, काठमाडौँ ।

लायन्स क्लब इन्टरनेसनल फाउण्डेशनले बागलुङस्थित धौलागिरि आँखा अस्पताललाई ८० लाख ८१ हजार  बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ। 

उक्त सहयोग परियोजनाको शुभारम्भसँगै बिहीबार क्लबका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले नेत्र ज्योति सङ्घ, बागलुङका अध्यक्ष विन्दुसागर राजभण्डारीलाई आँखा उपचारसम्बन्धी उपकरण हस्तान्तरण गरेका हुन् । 

निर्देशक बुर्लाकोटीले बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ, गुल्मी र अर्घाखाँचीका सर्वसाधारणलाई लक्षित गरी उक्त सहयोग परियोजना भित्र्याइएको बताए। 

‘आँखाका बिरामीका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यी उपकरण सहयोग गरिएको हो, यस क्षेत्रका बिरामीलाई उपचारका लागि पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता अब कम हुनेछ’, उनले भने। 

निर्देशक बुर्लाकोटीले धौलागिरि आँखा अस्पतालको स्तरोन्नतिका लागि लाइन्स इन्टरनेसनका तर्फबाट आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले मानवीय सेवाका क्षेत्रमा लायन्स इन्टरनेसनले नेपालमा रु दुई अर्ब बढीको परियोजना सञ्चालन गरिरहेको जानकारी दिए। 

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ‘के’ नेपालको विशेष पहलमा धौलागिरि आँखा अस्पताललाई ती उपकरण सहयोग गरिएको परियोजना प्रमुख दुर्गा कुँवरले बताए। उनले आफूहरूको अथक मेहनतबाट अस्पतालमा लाइन्स इन्टरनेसनल फाउण्डेशनको सहयोग परियोजना आएको बताए। 

‘यो धौलागिरि क्षेत्रमा लायन्स इन्टरनेसनलले गरेको अहिलेसम्मकै ठूलो सहयोग हो, आधुनिक उपकरणको सहायताबाट बिरामीलाई गुणस्तीय सेवा दिन अस्पतालाई मद्दत पुगेको छ’, उनले भने। हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योति सङ्घले २०७७ सालदेखि धौलागिरि आँखा अस्पताल सञ्चालनमा ल्याएको थियो । 

उक्त अस्पतालले शल्यक्रियालगायतका सेवा प्रदान गर्दै आएको सङ्घका जिल्ला अध्यक्ष राज भण्डारीले जानकारी दिए। उनका अनुसार सङ्घले निःशुल्क आँखा उपचार शिविर पनि सञ्चालन गर्दै आएको छ । 

दक्ष चिकित्सकमार्फत अस्पतालबाट सेवा प्रदान भइरहेको र थप जनशक्तिको खाँचो रहेको अध्यक्ष राज भण्डारीले बताए। अस्पतालले भवनलगायत पूर्वाधार व्यवस्थापनका कामलाई पनि अगाडि बढाएको छ । 

अस्पतालले पोखराको हिमालय आँखा अस्पतालसँगको सहकार्यमा नियमित शल्यक्रियालगायत सेवा प्रदान गर्दै आएको छ ।

वि.सं २०४९ देखि सङ्घले धौलागिरि क्षेत्रमा आँखासम्बन्धी स्वास्थ्य सचेतना र उपचारमा अगुवाइ गर्दै आएको छ । 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
खैरो हेरोइन किनबेच गरेको आरोपमा काठमाडौँको कलंकीबाट ४ जना पक्राउ
उद्योगसहित तीनवटा समितिको बैठक बस्दै
ट्रम्पको पद ग्रहण पछि अमेरिकामा टिकटकको सेवा पुनः सुरु
दोश्रो मध्यपुर नगर अधिवेशनको अध्यक्षमा अधिवत्ता नन्दकृष्ण श्रेष्ठको उमेदवारी
हमासका शीर्ष नेता हानिया मारिए
पूर्वराजा शाहद्वारा पाटन दरबारको भ्रमण

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal