P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

अचम्मकाे हेड सेट जुन लगाएपछि तपाईंको मनभित्रको कुरा बुझ्न मुख खोलिराख्नै पर्दैन

  • प्रकाशीत मिती

    बैशाख ४, काठमाडौं


अनुसन्धानकर्ताहरु एउटा यस्तो यन्त्र बनाउन सफल भएका छन्, जसले तपाईंको आत्माको आवाज सुन्न सक्छ। छक्क नपर्नुहोला, यो हेड सेट लगाएपछि तपाईंको मनभित्रको कुरा बुझ्न मुख खोलिराख्नै पर्दैन तर मनमनै भने तपाईंले ती शब्द उच्चारण गर्नुपर्ने हुन्छ।

कतिसम्म भने तपाईं नबोलिकनै त्यो यन्त्रलाई नियन्त्रण गर्न र प्रश्नहरु सोध्न सक्नुहुन्छ।

अल्टरइगो नाम दिइएको यो यन्त्रले छालामा लगाइएको इलेक्ट्रोड्सको सहयोगले तपाईंले आवाज ननिकाली उच्चारण गरेका शब्दहरु लिपिबद्ध गर्न सक्दछ।

‘हामी त्यस्तो कम्प्युटिङ प्लाटफर्म निर्माण गर्न चाहन्थ्यौँ, जसले मानिस र यन्त्रलाई त्यसरी मिलाइदियोस्, मानौँ, त्यो आफ्नै अनुभूतिजस्तो महसुस होस्,’ एमआइटीको मिडिया ल्याबमा यो यन्त्रको विकास गर्ने कामको नेतृत्व गरेका अरनब कपुर भन्छन्।

यो हेडसेट एक प्रकारको ‘इन्टेलिजेन्स अगुमेन्टेसन’ अर्थात् आइए डिभाइस भएको बताउँछन्। कानको पछाडिपट्टिबाट अड्याएर यसलाई बंगारा र चिउँडोमा लगाइन्छ।

सेतो प्लास्टिकभित्र रहेको चार ओटा इलेक्ट्रोड्स छालामा टाँसिन्छ, जसले स्नायुमांसपेशीबाट सूक्ष्म संकेत लिन्छ। तपाईंले मनमनै कुनै पनि शब्द उच्चारण गर्दा मांशपेसीमा यस्तो संकेत उत्पन्न हुनेगर्छ। जब कुनै व्यक्तिले मनमनै कुनै शब्द उच्चारण गर्दछ सो यन्त्रमा भएको आर्टिफिसियल इन्टेलिजेन्सले ती शब्द संकेतलाई कम्प्युटरमा पठाउन सक्छ।

त्यसपछि कम्प्युटरले बोन कन्डक्सन स्पिकरको माध्यमबाट प्रतिक्रिया दिनसक्छ। यसो गर्दा यो यन्त्र लगाएको मानिसले इयरफोन लगाउनु पर्दैन। फलस्वरुप ऊ बाहिरी आवाज पनि सुन्न सक्दछ। यसो गर्दा मान्छे र अल्टर इगो दुवैले कुनै पनि बाहिरी आवाज उत्पन्न नगरी आपसमा बोल्न र सुन्न सक्दछन्।

‘हामी आफ्नो सेलफोन वा डिजिटल डिभाइसबिना बाँच्न नसक्ने भएका छौँ। तर तिनले ध्यान हटाइदिन्छन्,’ एमआइटीकी प्राध्यापक प्याटी माइस भन्छिन्। ‘कुराकानी गर्दागर्दै त्यसैसम्बन्धी कुनै कुरा मैले हेर्नुपर्‍यो भने पहिले फोन झिक्नपर्‍यो, पासकोड टाइप गरेर कुनै एप खोल्नुपर्‍यो र सर्च गर्न शब्द टाइप गर्नुपर्‍यो। यी सारा गर्दा मेरो ध्यान भइरहेको कुराकानीबाट हट्न पुग्छ।’

माइस र कपुरसहितका उनका विद्यार्थीहरुले दैनिक जीवनमा स्मार्टफोनले जस्तो अवरोध सिर्जना नगरी प्रयोग गर्न मिल्ने उपकरणबारे प्रयोग गरिरहेका थिए।

१० जनामा १५ मिनेटका दरले गरिएको प्रयोगमा अल्टरइगोले औसत ९२ प्रतिशत सही ट्रान्सक्राइब गर्न सफल भएको थियो। गुगलको भ्वाइस ट्रान्सक्रिप्सनले भने ९५ प्रतिशतभन्दा बढी सही ट्रान्सक्राइब गर्न सक्छ। यद्यपि समय बित्दै जाँदा अल्टरइगोको क्षमता वृद्धि हुने कपुर बताउँछन्।

कपुर र उनको टोली अहिले अल्टर इगोले अझ बढी शब्दहरु पत्ता लगाउन सकोस् भनेर तथ्यांक संकलन गरिरहेका छन्।

यसको विकासको उद्देश्य भनेको गुगलको असिस्टेन्ट, अमेजनको एलेक्सा अथवा एप्पलको सिरीजस्ता एआइ सहयोगीहरुसँगको अन्तक्र्रिया सहज बनाउनु हो। यसको एउटै अप्ठ्यारो भनेको प्रयोगकर्ताले अनुहारमा टाँसिएको डिभाइस लगाउनै पर्छ। तर विज्ञहरुले यो प्रविधिमा ठूलो सम्भावना रहेको बताएका छन्।

यसलाई व्यक्तिगत, औद्योगिक, प्रेसदेखि लिएर सैन्य प्रयोग गर्न सकिने विज्ञहरु बताउँछन्। (एजेन्सी)

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
केही दिन आफूलाई अनावश्यक फोन र मेसेज नगर्न शिक्षामन्त्री पुनको आग्रह
बैंक नोटबाहेक छपाईका सबै काम नेपालमै सुरु : सञ्चारमन्त्री गुरुङ
गुगलका को-फाउण्डरकी पत्नीसँग एलन मस्कको चक्कर
२१ सय माथि पुग्यो नेप्से, ४ अर्बको कारोबार
नदीमा बस खस्दा केन्यामा २४ जनाको मृत्यु
३८ हजारमाथिका मोबाइल आयातमा प्रतिबन्ध

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal