P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

यातायात मन्त्री स्वयं सिण्डिकेटको पक्षमा

  • प्रकाशीत मिती

    जेठ ४, काठमाडाैं

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ स्वयं सिण्डिकेटको पक्षमा रहेका व्यवसायीहरुसँग नजिकिएका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलले सिण्डिकेटको पक्षमा रहेका यातायात व्यवसायीहरुविरुद्ध कडा कदम चाल्दा समेत उनले साथ दिएनन् । पक्राउ परेका व्यवसायीलाई समेत छुटाउन उनको पहल रहेको मन्त्रालय स्रोतले बताएको छ ।

उनै महासेठले सिण्डिकेट हटाउन लाग्ने उच्च कर्मचारीहरुलाई नै निकम्मा बनाइदिएका छन् ।
हालै यातायात मन्त्री महासेठले सिण्डिकेट गर्ने व्यवसायीविरुद्ध कडा कदम चाल्दैआएका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई समेत मन्त्रालयमा तानिदिएका छन् ।

मन्त्रालयका उच्च कर्मचारीहरुले भने मन्त्री महासेठको यस्तो कदमलाई व्यवसायीसँगको चलखेलको रुपमा अथ्र्याएका छन् । त्यसो त, पछिल्लो केही सातायता मन्त्री महासेठ सिण्डिकेट गर्ने व्यवसायीहरुसँग नियमित भेटघाटमा रहँदैआएका थिए ।

महानिर्देशक भट्टराईले भने गृहमन्त्री बादलको योजनामा साथ दिँदै कारवाही प्रभावकारी बनाउन भुमिका खेलेका थिए । स्रोतका अनुसार महासेठलाई भट्टराईको पछिल्लो गतिविधि चित्त नबुझेपछि मन्त्रालयमा ‘खुम्च्याउने’योजना स्वरुप यस्तो निर्णय गरेको बुझिएको छ ।

यातायात मन्त्रालयकै एक उच्च कर्मचारीले भने, ‘व्यवसायीहरुसँग मन्त्री ज्यूको गम्भीर भेटघाट भएको छ । पक्राउ परेका व्यवसायीहरुसँगै उहाँको उठबस छ । सिण्डिकेट हटाउन उहाँ नै तयार हुनुहुन्न । हामीले मात्रै चाहेर के हुन्छ र ?

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने
रास्वपा प्रवेश गर्दै सुदन गुरुङ
बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
यी ३३ जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal