P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

हुम्लाको नाम्खा गाउँपालिकालाई चिनियाँ सहयोग

  • प्रकाशीत मिती

    हुम्ला २९, कात्तिक

हुम्लाको उत्तरी सीमामा जोडिएको नाम्खा गाउँपालिकालाई चीनले तीन लाख युआन बराबरको निर्माण सामग्री सहयोग गरेको छ ।

चीनको स्वसाशित क्षेत्र तिब्बतको पुराङ्गकान्ट्रीले नाम्खा गाउँपालिकालाई सो सहयोग गरेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।

आफ्ना भू–भागसँग सिमाना जोडिएका नेपाली जिल्लाका लागि हरेक वर्ष विभिन्न किसिमका सहयोग दिँदै आइरहेको चीन सरकारले यस वर्ष पनि वस्तुगत सहायताअन्तर्गत गाउँपालिकामा स्वास्थ्य भवन निर्माणका लागि जस्तापाता, फलाम रड, सरीया, सिमेन्ट ग्याबिन तारलगायतका सामग्री उपलब्ध गराएको हो ।

नाम्खा गाउँपालिका, सिमकोट खार्पुनाथ गाउँपालिकासमेत तिब्बतसँग जोडिएका गाउँपालिका भएकाले हरेक वर्ष स्वाथ्य, शिक्षा, भौतिकलगायत सहयोग गर्दै आएको छ । तिब्बतको ताक्लाकोटमा चिनियाँ प्रतिनिधिमण्डल, हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सांसद छक्कबहादुर लामा र नाम्खा गाउँपालिका अध्यक्ष बिष्णुबहादुर लामाबीच कात्तिक १२ गते सम्झौता भएको थियो ।

नाम्खा गाउँपालिकाको अध्यक्ष लामाको रोहवरमा चीन सरकारले जस्तापाता, सिमेन्ट, सरिया ग्याबिन उपलब्ध गराएको हो । चीनको ताक्लाकोटबाट १२०० जस्तापाता, ३१५ बोरा सिमेन्ट, पाँच हजार ४५ केजी सरिया, ग्याबिन गरी रु ४५ देखि ५० लाख मूल्य बराबरको सामान चीन सरकारले उपलब्ध गराएको नाम्खा गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।

चीन सरकारले विगतका वर्षमा पनि चीनसँग सिमाना जोडिएका जिल्लाका लागि वस्तुगत सहायताअन्तर्गत सहयोग दिँदै आइरहेको छ । चीन सरकारबाट उपलब्ध हुने वस्तुगत सहायताअन्तर्गतका सामानहरु स्वाथ्यचौकी भवन मर्मत गरिने नाम्खा गाउँपालिका अध्यक्ष लामाले बताए । (रासस)

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
काठमाडौँमा राष्ट्रिय ‘जलवायु सप्ताह आयोजना हुने’
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने
नेपाल–भारत थिंक ट्यांक फोरम’ सम्पन्न
रास्वपा प्रवेश गर्दै सुदन गुरुङ
बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal