P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

विवाह गर्न योग्य दर्जनौँ जोडी भेटिने

मंसिर २६, डडेल्धुरा ।

हिन्दू परम्पराअनुसार मंसिर महिना विवाह गर्न योग्य महिना भएकाले डडेल्धुरामा रहेको उग्रतारा मन्दिरमा दैनिक नै  दर्जनौँ जोडी भेटिने गर्दछन् । पहिलापहिला छिटफुट रुपमा उग्रतारा मन्दिरमा विवाह गर्न आउने भएता पनि पछिल्लो समयमा भने विवाह गर्ने मानिसको संख्या बढेको उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साकीले बताउनुभयो । उग्रतारा मन्दिर सबै क्षेत्रका मानिसका लागि पायक ठाउँमा भएकाले पनि विवाह गर्न दुलाहादुलहीका परिवारको मन्जुरीमा हुने गरेको डडेल्धुराका सञ्चारकर्मी टेकराज अवस्थीले जानकारी गराउनुभयो । विवाहको समयमा विभिन्न कारणले गर्दा घरमा भन्दा प्रायजसो मन्दिरमा विवाह गर्नेको संख्या धेरै पाइन्छ ।

दुई दिने विवाहको प्रचलन हराउँदै गएको अवस्थामा मन्दिरमा विवाह गर्ने मानिस बढेको सर्वसाधारणको बुझाइ रहेको छ । हिन्दू परम्पराका आधारमा एक दिवसीय विवाह गर्दा धेरै विवाहका कर्मकाण्ड पूरा नहुने पुरोहितको भनाइ रहेको छ । एक दिवसीय विवाह गर्दा विवाहका कर्मकाण्ड पुरा नभए पनि मन्दिरमा गर्दा सोसरह मानिने पण्डित लोकराज भट्टले बताउनुभये । छोटो समयमा विवाह गर्नुपर्दा महत्वपूर्ण कर्मकाण्ड छुट्ने र ग्रहदशाका आधारमा समस्या आउन सक्ने बूढापाका बताउँछन् । एक दिवसीय विवाह कामचलाउ मात्र भएको र सिन्दूर हाल्ने औपचारिकता मात्रै दिने कार्य भइरहेको पण्डित प्रसाद भट्टले जानकारी गराउनुभयो । विवाह सम्पन्न हुञ्जेलसम्म पूरा गर्नुपर्ने मात्र समेत पूरा नहुने विवाह गराउने पण्डितको भनाइ रहेको छ । धर्मका अनुसार रातभर गराएको विवाह नै पवित्र मानिने भएपनि पछिल्लो समयसापेक्षता अनुसार एक दिवसीय विवाहको महत्व बढ्दै गएको युवापुस्ताको भनाइ रहेको छ । समयका आधारमा पनि दुई दिनको विवाह समयलाई एकदिनमा सम्पन्न गर्दा कम खर्चिलो र समय वचत हुने उग्रतारा मन्दिरमा विवाह गरिरहेका कैलाश पनेरुले बताउनुभयो । इष्टमित्र र नातेदारको समय पनि खेर नजाने र सबै कुराले एक दिवसीय विवाह नै उपयुक्त हुने गरेको पनेरुले बताउनुभयो । विवाहपश्चात् सुखद् जीवन बित्नु पर्छ भनेर मन्दिरमा भगवान्लाई साक्षी राखेर विवाह गर्दा कर्मकाण्ड उसै पनि पूरा हुने युवापुस्ताको भनाइ रहेको छ । चिसो मौसमका कारण पनि दुई दिवसीय विवाहभन्दा एक दिनमा नै विवाह सक्दा जन्तीमा जाने मानिसले पनि कष्ट भोग्नु नपर्ने हुन्छ ।
मंसिर महिना लागेदेखि नै उग्रतारा मन्दिरमा विवाह गर्न दैनिक दर्जन जोडी आउने गरेको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । मन्दिर परिसरमा मण्डप निर्माण गरिएका भएता पनि कयाँै दिन मण्डपमा ठाउँ नभएर मन्दिर परिसरभित्र खुला ठाउँमा पनि विवाह गर्दै गरेका जोडी भेटिन्छन् । उग्रतारा मन्दिरमा विवाह गर्न मंसिरजस्तै अन्य महिनामा पनि घुइँचो लाग्ने गर्दछ । मन्दिरमा विवाह गर्दा समय र पैसाका हिसाबले पनि कम खर्चिलो हुने गर्दछ भने उग्रतारा क्षेत्र विकासको कोष पनि वृद्धि हुने गर्दछ । यसरी पछिल्लो समयमा विवाहका लागि उग्रतारा मन्दिर प्रशिद्ध विवाहस्थल बन्दै गइरहेको छ ।
रासस

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने
रास्वपा प्रवेश गर्दै सुदन गुरुङ
बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
यी ३३ जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal