अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङको महत्वपूर्ण भेटवार्ता भोली हुँदै

महत्वपूर्ण भेटवार्ताका लागि दुई शक्तिशाली राष्ट्र अमेरिकी राष्ट्रपति डोल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् । यी दुई नेताबीच मंगलबार ऐतिहासिक भेटवार्ता हुँदैछ । ट्रम्प र किमको बहुप्रतिक्षित वार्ता मंगलबार सेन्तासा आइल्याण्डमा रहेको होटल क्यापेलामा हुनेछ । बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको यो भेट पहिलो हुनेछ । यो वार्ताले अमेरिकासँग नयाँ सम्वन्ध स्थापित हुने विश्वास लिइएको उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ । भेटवार्ताका...