अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको उपाधि नजिक

भारत आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि नजिक पुगेको छ। मंगलबार दुबईमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित भारत फाइनलमा प्रवेश गरेको हो।   अब उपाधिका लागि भारतले दक्षिण अफ्रिका वा न्यूजिल्यान्डमध्ये एक टोलीसँग आइतबार दुबईमा नै प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिका र न्यूजिल्यान्ड बुधबार पाकिस्तानको लाहोरमा हुने दोस्रो सेमिफाइनलमा भिड्दैछ। मंगलबार दुबई अन्तर्राष्ट्रिय मैदानमा अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ६ विकेटको क्षतिमा ४८.१ ओभरमा पूरा गर्‍यो। भारतका लागि विराट कोहलीले ८४ रन...