पाकिस्तानमा अात्मघाती अाक्रमण, आमनिर्वाचनका उम्मेदवारको हत्या
पाकिस्तानमा आगामी बुधवार हुन लागेको आमनिर्वाचनका उम्मेदवारको हत्या गरिएको छ। गान्दापुरका लागि पाकिस्तान तेहरिक इ इन्साफ (पीटीआई) का उम्मेदवार इक्रामुल्लाह खान र उनका चालक मारिएको पाकिस्तानी सञ्चारमाध्यम पीटीआइले जनाएको छ। आक्रमणकारीले गान्दापुरमा चुनावी कार्यक्रममा सहभागी भएकाहरूलाई लक्ष्य गरी आत्मघाती बम आक्रमण गरेको स्थानीयले बताएका छन्। आफ्ना उम्मेदवारको हत्या भएको भन्दै पीटीआई प्रमुख इमरान खानले दुस्ख व्यक्त गरेका छन्। चुनाव बिथोल्न गराइएका यस्ता आक्रमणमा परी पाकिस्तानमा चुनाव घोषणा भएयता मात्र कम्तीमा १७० जना मारिइसकेका...

