किशोरीको बलात्कारपछि हत्या भएको घटनाप्रति सांसदहरुमा हंगामा
प्रतिनिधि सभा बैठकमा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा एक किशोरीको बलात्कारपछि हत्या भएको घटनाप्रति हंगामा भएको छ ।सांसदहरुले बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । केही दिन पहिले कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या गरेर उखु बारीमा फालेको अवस्थामा शव फेला परेको थियो ।दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति नदिइकन शव नबुझ्ने भन्दै स्थानीय बासिन्दाले कञ्चनपुरमा विरोध गरिरहेका छन् । संसदको शून्य र...

