चीनको रासायनिक उद्योगमा विस्फोटनमा परी २२ जनाको मृत्यु
बुधबार विहानै चीनको एक रासायनिक उद्योगमा विस्फोटनहुँदा २२ जनाको मृत्यु भएको छ। अन्य २० भन्दाबढी घाइते भएका छन्। विस्फोटनमा ३८ ट्रक तथा १२ कार पूर्ण रुपमा ध्वस्त भएको एपीले जनाएको छ। हेबी सेङह्वा केमिकल इन्डस्ट्रीमा विस्फोटन भएको जनाइएको छ। यस उद्योगमा विभिन्न किसिमका रसायनहरु उत्पादन हुने अधिकारीहरुले बताएका छन्। सन् २०२२ मा चीनमा आयोजना हुने शितकालिन ओलम्पिक्सको क्षेत्र वरपर विस्फोटन भएको हो। विस्फोटनको कारणभने अहिलेसम्म खुलेको छैन्। एजेन्सी ...

