जापान पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट १३ लाख रुपैयाँ लिई उनी सम्पर्क विहीन भएकी थिइन् । मिनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं...
सिन्धुली घर भएकी कविता (नाम परिवर्तन)सँग मार्के आरोन नामको विदेशीको सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत चिनजान भयो । लन्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर दावी गर्ने ती विदेशीले नेपाल आएर विवाह गर्ने प्रलोभन देखाए । कविता लोभमा परिन् । लकडाउनपछि नयाँ वर्षमा हिराको औंठी, सुनको सिक्री र २ लाख ३० हजार बेलायतको पैसा ‘पाउण्ड’ पठाएको छु भनेर पार्सलको फोटो पठाए । भन्सार छुटाउन र एक्सचेन्ज चार्जको नाममा कविताले सिन्धुलीबाट ४८ लाख ५४...

