नवलपुरमा प्रदेश ४ को अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट खेल मैदान बन्ने

नवलपुरमा प्रदेश ४ को अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट खेल मैदान बन्ने भएको छ । नवलपुरमा क्रिकेट खेल मैदान निर्माणका लागि प्रदेश ४ को सामाजिक विकास मन्त्रालयका प्रदीप केसी र कृष्ण तिमिल्सिना सहितको प्राविधिक टोलीले बिहीबार नवलपुरका विभिन्न सभ्भावित क्षेत्रको निरीक्षण तथा अध्ययन गरेको जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसीले बताउनु भयो । अन्तर्रा्ष्ट्रिय स्तरको क्रिकेट खेल मैदान निर्माणका लागि कावासोती १६ डण्डाको क्रिकेट खेल मैदान, कावासोती ६ को खेल मैदान, कावासोती...