महाधिवेशन कहिले गर्ने भन्ने विषयले कांग्रेसमा किचलो

नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच पार्टीको १४औं महाधिवेशन कहिले गर्ने भन्नेमा विवाद भएको छ। पार्टी विधानको व्यवस्थाअनुसार चार वर्षभित्रै १४औं महाधिवेशन हुनुपर्ने भन्दै केन्द्रीय समितिको पहिलो अजेन्डा महाधिवेशन हुनुपर्ने असन्तुष्ट पक्षको अडानपछि शीर्ष नेताहरुबीच विवाद उत्पन्न भएको हो । नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले बैठकको मुख्य अजेन्डा नै महाधिवेशन र त्यसको तयारी हुनुपर्ने अडान राखेपछि आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक साँझ औचारिकता दिएर सकिएको छ। पार्टी पदाधिकारी र पूर्वपदाधिकारीबीच लामो छलफलपछि...

आरोप–प्रत्यारोपमा नेताहरू

प्रतिपक्षी कांग्रेसका शीर्ष नेताहरू सरकारका कार्यशैलीप्रति आक्रामक भएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा मंगलबार सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मा र युवा नेता गगन थापा सरकारको कार्यशैलीप्रति आक्रामक भएका हुन् । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । आरोप- प्रत्यारोपमा नेताहरू मलाई गाली गरेर पार्टी बलियो बन्दैनः देउवा गिरिजा र सुशीलजी हुँदा...