प्रियंका कार्कीको आक्रोश : ए, सरकार, राति निन्द्रा राम्रो लाग्छ ?

काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले अहिलेको समयमा देश र जनतालाई चुनाव नचाहिएको बताएकी छन् ।  उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाल सरकारलाई अनुरोध गर्दै सरकारलाई अहिलेको देशको स्थिती आँखा खोलेर हेर्न आग्रह गरेकी छन् ।  उनले स्ट्याटस लेख्दै भनेकी छन्, “अहिलेको समयमा देश र जनतालाई चुनाव चाहिँदैन । यो अहिलेको प्राथमिकतामा पर्दैन । यति सामान्य कुरा पनि देख्न र बुझ्न नसक्ने ?” उनले महामारीमा जनताको दुख नबुझेको भन्दै सरकारप्रति आक्रोश गरेकी छन् ।...

चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक (भिडियाेसहित)

नेपाली कथानक चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक गरिएको छ । डार्क कमेडी जानरामा बनेको चलचित्र ‘चङ्गा चेट’को ट्रेलरमा चलचित्रका अधिकांश कलाकार फिचर्ड छन् । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र कात्तिक १६ गतबाट अल नेपाल प्रदर्शन हुँदैछ । चलचित्रमा आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, अपर्ण थापा, प्रियंका कार्की, परमिता आरएल राणा, सुरक्षा पन्त, ऋचा शर्मा, बेनिशा हमाल, माओत्से गुरुङ, शिशिर वाङ्देल, पुष्कर गुरुङ, सरिता गिरी लगायत कलाकारको अभिनय छ...