अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित, भक्तपुरमा ३ काे मृत्यु

बुधबारदेखि जारी अविरल वर्षाका कारण राजधानीसहित देशैभरको जनजीवन प्रभावित भएको छ। भक्तपुरमा अविरल वर्षापछि घरमाथिको ढिस्को खस्दा एकै परिवारका तीन जनाको ज्यान गएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७, मजुवा टोलका ७० वर्षीय हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया पानमाया लामा र उनीहरूकै नातिनी अढाई वर्षकी सम्पदा लामाको मृत्यु भएको हो। टहरो घरमा सुतिरहेका घरमाथिको ढिस्को खसेर थिच्दा घटनास्थलमै उनीहरूको मृत्यु भएको भक्तपुरका प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।...