‘कथा काठमाडौं’को गीत रिलिज, भिडियोमा प्रियंका र प्रमोदको ‘इन्टिमेट सिन’

फिल्म कथा काठमाडौंको गीत रिलिज भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत रिलिज गरिएको हो। सार्वजनिक रातको कुराु बोलको गीतमा प्रदीप बास्तोलाको शब्द तथा संगीत रहेको छ। गीतमा इन्दिरा जोशीले स्वर दिएकी छिन्। सार्वजनिक उक्त गीतको भिडियोमा फिल्मका प्रमुख दुई कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरीलाई फिचर गरिएको छ। भिडियोमा उनीहरू निकै खुलेका छन्। इन्टिमेट सिनसमेत समावेश गीतमा काठमाडौंको एक रातको कथा प्रस्तुत गरिएको बताइएको छ। सञ्चारकर्मीसमेत रहेकी संगीता श्रेष्ठले...