काठमाडौं । नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित तीनजना मन्त्री दोहोरिने भएका छन् । यसअघिको गठबन्धन सरकारमा रहेका ऊर्जामन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ गठबन्धन सरकारमा पनि दोहोरिने मौका पाएका हुन् । प्रधानमन्त्रीनिकट स्रोतकाअनुसार श्रेष्ठको मन्त्रालय फेरिए पनि अन्य दुईजनाले पहिलेकै मन्त्रालय पाउने लगभग सहमति भएको छ । माओवादी केन्द्रीय सचिवालय बैठकमा कामको परफरमेन्सका आधारमा श्रेष्ठ नयाँ सरकारमा दोहोरिने हो भने बस्नेत र शर्मा...
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुधबार दिउँसो बैठक सुरु भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो । माओवादीको केन्द्रीय समिति बैठक आगामी साउन २१ गतेसम्म चल्नेछ । बैठकमा संगठनात्मक र राजनीतिक प्रतिवेदनमाथि छलफल र बहस हुनेछ । बैठकमा प्रस्तुत हुने राजनीतिक र सांगठनिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री ‘प्रचण्ड’ले तयार पारेका छन् । ...
सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बैठक केहीबेर अघिबाट सुरु भएको हो। पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका छन्। माओवादी दलको बैठक बस्नुअघि तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारस्थित सभामुख निवासमा छलफल भएको थियो। छलफलमा आगामी १ गते पुनः बैठक बसेर टीआरसी लगायतका विषयमा निश्कर्ष निकालिने नेताहरूले बताएका छन्। ...
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि सरेको छ । शुक्रबार दिउँसो ३ बजे बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्थताका कारण शनिबार दिउँसो १ बजेसम्मलाई सारेको माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । बिहीबार बोलाइएको बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको थियो । यही माघ १२ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पटक–पटक बस्दै सर्दै आएको छ । बैठकले पार्टी एकता, नेताहरुको कार्यविभाजन लगायतका बिषयमा निर्णय लिने बताइको छ...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशका मुख्यमन्त्री बाँडफाँटमा सहमति जुटाएका छन्। स्रोतका अनुसार सातवटा प्रदेशको मुख्यमन्त्रीमा ४–२–१ का आधारमा भागवण्डा मिलाइएको छ। बुधबार प्रधानमन्त्रीलाई भेट्न खुमलटार पुगेका ओलीसँगको छलफलमा त्यो सहमति भएको हो। एमालेको मुख्य सहयोगमा प्रचण्ड नेतृत्वको सरकार बनाएकोले उसले प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मुख्यमन्त्री पाउने छ। माओवादी केन्द्रले बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री लिनेछ। यसैगरी प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी...
जनकपुरधाम– सत्ता साझेदारीको विषयमा प्रदेश २ सरकारसँग काँग्रेस र माओवादीबीच सोमबार दिनभर भएको छलफल निष्कर्षविहीन भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारले नेपाली काँग्रेस र माओवादी केन्द्रसँग सत्ता साझेदारीका लागि छलफल अघि बढाएको हो । सोमबार दुवै दलसँग दुई/दुई पटक बैठक बसेपनि वार्ता सफल हुन सकेन । काँग्रेस र माओवादीले बढी मन्त्रालयमा दाबी गरेका कारण वार्ता निष्कर्षविहीन भएको बुझिएको छ । सोमबार बिहान मन्त्रिपरिषद पुनर्गठन र सत्ता साझेदारीको...

