काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि सरकारले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरि विमानस्थल, हवाई यात्रा, सार्वजनिक यातायात तथा सार्वजनिक ठाउँहरुमा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको हो । मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको सूचनामा गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ । खोप नलगाएकाहरूलाई तत्काल खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । नेपालमा अहिले दुई...
बीबीसी । गाडीको सिटबेल्ट होस् या कोरोनाविरुद्ध जोगाउन सक्ने मास्क, कतिपय मान्छेले यस्ता ज्यान बचाउने नियमको पनि विरोध गर्ने गरेका छन् । मास्क लगाउन नमानेकी एक महिलालाई यस सम्बन्धी प्रश्न गर्दा उनले भनेकी छन्, “मलाई मन पर्दैन । मलाई त्यो लगाउनैपर्छ भनेपछि झन् प्रयोग गर्न मन लागेन ।”उनकै नजिक उभिइरहेका अर्का एक पुरुषले पनि भनेका हुन् , “यो महिला पुरुष सबैमा लागु हुन्छ । म मेरो जीवनका लागि आफैँ...
स्यानिटाइजर र मास्कको व्यापार चैतयता निकै बढेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनेपछि यसको माग बढेको हो। नेपाल औषधि उत्पादक संघका अनुसार चैतयता २० करोड रुपैयाँबराबर स्यानिटाइजरको कारोबार भएको अनुमान छ। उत्पादन र कारोबार अनियन्त्रित रूपमा भइरहेकाले संघसँग यकिन तथ्यांक भने नरहेको संघका पूर्वअध्यक्ष दीपक दहालको भनाइ छ। ‘सामान्य अवस्थामा वार्षिक ४–५ करोड रुपैयाँ हुने गरेकोमा यसपालि निकै कारोबार भएको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्ने आदेश दिन नसक्ने बताएका छन्। ट्रम्पको यो बयान अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकी राज्य र स्थानिय सरकारका नेतासमक्ष नागरिकहरूलाई मास्क प्रयोग गराउनका लागि हरसम्भव प्रयास गरिदिन आग्रह गरेको समयमा आएको हो। फाउचीले कोरोना रोकथामका लागि सामाजिक दूरीको पालना र मास्कको प्रयोगमा जोड दिदैं आएका छन्। अमेरिकामा मास्क प्रयोग हाल एउटा राजनीतिक मुद्दा बनेको छ। मास्क प्रयोग र सामाजिक...
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नकै लागि विरोधीहरुले मास्क लगाएर हिंड्न थालेको तर्क गरेका छन् । काठमाडौंमा मास्क लगाउन नपर्ने भनि दिएको अभिव्यक्तिको आलोचना हुन थालेपछि बचाउ गर्दै उनले यस्तो बताएका हुन् । काठमाडौंमा समाजवादी पार्टीका केही नेतालाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा उनले आफूले प्रधानमन्त्री भएको बेला काठमाडौंमा मास्क नलगाई हिड्नै नसक्ने अवस्था रहेको तर अहिले त्यसमा सुधार आएको भनेको बताए । तर विरोधीहरुले सरकारको विरोध गर्नकै लागि मास्क लगाउन...

