राँगाको सिङ लगाएर अमेरिकी संसदमा छिर्ने पक्राउ
अमेरिकी प्रहरीले राँगाको जस्तो सिङ भएको भुत्ले टोपी लगाएर क्यापिटल हिलमा प्रदर्शनमा उत्रिएका व्यक्तिलाई पक्राउ गरेकाे छ। उनी आधारहीन षड्यन्त्रको सिद्धान्त क्युअननका प्रमुख अनुयायी रहेको पुष्टी भएको छ। इन्टरनेटको आधारहीन षड्यन्त्रको सिद्धान्त क्युअनन गत अगस्तमा अमेरिकन मुलधारमा आएको थियो। इन्टरनेट समुदायभित्र यो आन्दोलन वर्षौदेखि रहदै आएको थियो भने सामाजिक अस्थिरता र कोरोनाको महामारीका बीच यो चर्चामा आएको थियो। राँगाको जस्तो सिङ भएको भुत्ले टोपी लगाएर क्यापिटल हिलमा दंगा गर्ने ती व्यक्ति ज्याकोब...

