काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको मृत्यु भएको छ । गत मंगलबार आगो निभाउने क्रममा स्थानीय रमेश पहरी घाइते भएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । यस्तै आगो निभाउने क्रममा नै स्थानीय शंकर पहरीको मंगलबार मृत्यु भएको थियो । वनमा लागेको डढेलो अझै नियन्त्रणमा नआएको जनाइएको छ...
काठमाडौं । ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार कोन्ज्योसोम गाउँपालिकाको नल्लुस्थित वडानम्बर –४ मा एकै परिवारका ५ जनाको मृत्यु भएको हो । ४ जनाको सुतेकै ठाउँमा र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो । राति सुतेकै ठाउँमा मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, २३ वर्षीया सुषमा, ९ वर्षीय आशिष, ७ वर्षीय आस्मा रहेका छन् ।दुई दिनका एक नावालको भने उपचारका क्रममा मृत्यु...

