सार्वजनिक यातायातमा यौन हिंसा विरुद्ध १६ दिने अभियान सुरु

‘लैंगिक हिंसा र दुव्र्यवहार छैन, हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ आइतबारदेखि १६ दिने अभियान सुरु हुँदैछ। हरेक वर्ष संसारभर नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने गरिन्छ। अभियानका क्रममा विभिन्न संघ संस्थाले पदयात्रा, अन्र्तक्रिया, गोष्ठी, सार्वजनिक सुनुवाई लगायतका कार्यक्रम आयोजना गर्दैछन्। साझा यातायातले सार्वजनिक यातायातमा हुने यौन हिंसाका विरुद्ध शनिबारदेखि अभियान सुरु गरेको छ। अभियानका अवसरमा राष्ट्रिय महिला आयोगले दुई दिनसम्म सातै प्रदेशका सांसद्, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका...