चिसोका कारण हुम्लाका विद्यालयमा पठनपाठन बन्द

सात स्थानीय तह रहेको हुम्लामा हिउँदे बिदाले पुस र माघ दुई महिना यहाँका विद्यालयमा पठनपाठन बन्द हुने गर्दछ। चिसो अत्यधिक बढेसँगै यहाँका स्थानीय तहले विद्यालयमा हिउँदे बिदा दिने गरेका छन्। जिल्लाका सातमध्ये छ गाउँपालिकाका विद्यालय हिउँदे बिदाले बन्द भएका छन्। जिल्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकासहित नाम्खा, खार्पुनाथ, सर्केगाड र ताँजाकोट गाउँपालिकामा रहेका सामुदायिक तथा निजी विद्यालय बन्द भएका छन्। सिमकोट गाउँपालिकाले यसअघि नै आफ्ना माताहतमा रहेका निजी तथा सामुदायिक विद्यालयलाई...

भदौ १५ देखि नियमित पठनपाठनको तयारी

 आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो । सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय दिने र त्यसपछि नियमित पठनपाठन गर्ने विगतको अभ्यास भएकाले यसपटक सोही प्रक्रिया अवलम्बन गर्ने आन्तरिक तयारी गरिएको छ । साउनसम्मको अवस्थालाई...

शुल्क उठाउने नाममा निजी विद्यालयको बदमासी !

काठमाडौं – कोरोना भाइरसका कारण सबै तहका विद्यालयको पठनपाठन बन्द रहेका बेला ललितपुरको एउटा निजी विद्यालयले भने यातायात शीर्षकमा समेत रकम तोकेर अभिभावकलाई बिल पठाएको छ । कोरोना भाइरसका कारण मुलुकले लकडाउनको समस्या झेलिरहेका बेला ललितपुरस्थित युलेन्स स्कुलले यातायात शीर्षकमा समेत रकम तोकेर बिल पठाएको हो । पछिल्लो समयमा निजी विद्यालयले पठनपाठन नभए पनि रकम तिर्न अभिभावकसँग ताकेता गरिरहेका छन् । निजी विद्यालयको यो कदमको चर्काे आलोचना भइरहेको छ ।...

छात्रवृत्तिको रकम हिनामिना गर्ने विद्यालयका अध्यक्षविरुद्ध ७ लाखको भ्रष्टाचार मुद्दा

सरकारबाट विद्यालयको भवन निर्माण तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न दिइएको रकम हिनामिना गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको लानास्थित केदारेश्वर उच्च माध्यमिक विद्यालयको तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार अध्यक्ष बोहोराले जिल्ला शिक्षा कार्यालय डोटीबाट विद्यालय भवन निर्माण र छात्रवृत्ति प्रदानका लागि भनेर प्रदान गरिएको ४१ लाख ५४ हजार ५ सय रुपैयाँ...

केन्याको एक विद्यालयमा भागदौड, १४ विद्यार्थीको मृत्यु

 केन्याको राजधानी नैरोबी नजिक रहेको एक प्राथमिक विद्यालयमा भागदौड मच्चिदा १४ जना विद्यार्थीको मृत्यु भएको छ । राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद्यालयमा भागदौड मच्चिदा ४० भन्दा बढी बालबालिका घाइते भएको बीबीसीले जनाएको छ । सानो भर्‍याङबाट सबै विद्यार्थी एकै पटक निस्कन खोज्दा भागदौड भएको आशंका गरिएको छ । घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । ...

विद्यालयमा रोकीराखिएको दुईवटा बसमा आगजनी

हेटौँडा उपमहानगरपालका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकीराखिएको दुई बसमा शनिबार राति आगलागी  भएको छ ।  ना७ख ८७२८ र ना१क ३२१८ नं को बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको जनाइएको छ ।  स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।  आगलागी आफैँ  अथवा कसैले  गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।  घटनास्थलमा जिल्ला प्रहरी कार्यालय...

विद्यालय पुग्न ४ घण्टा लाग्ने

सरकारले सुलभ र सहज शिक्षाको पहुँच गाउँगाउँमा पु¥याउने नीति लिएको भए पनि हिमाली जिल्ला म्याग्दीका विकट गाउँका बालबालिका अझैसम्म पनि दैनिक ४ घण्टा पैदल हिँडेर विद्यालय जान–आउन बाध्य छन् ।     म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका र रघुगङ्गा गाउँपालिकाका बालबालिका ४÷४ घण्टा पैदल हिँडेर विद्यालय जान–आउन बाध्य भएका हुन् । अन्नपूर्ण गाउँपालिका–१, दोवा औलका ५ वर्षीय बादल पुर्जा बिहान उठ्ने बित्तिकै हतारहतार लुगा लगाएर बिहान साढे ७ बजे विद्यालय...

गर्मीले विद्यार्थी कक्षामै ढल्न थालेपछि तीन दिन विद्यालय बन्द

केही दिनयतादेखि अत्यधिक मात्रामा गर्मी बढेपछि उदयपुर गाईघाटलगायतका क्षेत्रमा विद्यालयमा तीन दिन बिदा दिइएको छ। त्रियुगा नगरपालिका शिक्षा तथा युवा खेलकूद शाखाले मंगलबार सूचना जारी गर्दै बुधबारदेखि शुक्रबारसम्म तीन दिनका लागि नगर क्षेत्रका सम्पूर्ण सरकारी विद्यालयहरु बन्द गर्ने निर्णय गरेको त्रियुगा नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखाका अधिकृृत जसबहादुर कार्कीले जानकारी दिए। दुई हप्ता अघिसम्म ३६ डिग्री तापक्रम रहेको त्रियुगा नगरपालिका क्षेत्रमा एक सातायता अचानक ४४ डिग्री तापक्रम पुगेको छ। गर्मीले दिउँसो...

शिक्षकले गरे विद्यालयमा तालाबन्दी

लहान । लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक रामकुमार साहले जानकारी दिए । शिक्षकले आफूहरु तलब नपाएसम्म विद्यालयमा तालाबन्दी र पठ्नपाठन नगर्ने बताएका छन् । यता विद्यालयका प्राध्यनाध्यापक प्रमेश्वर रायले आवश्यक सम्पूर्ण प्रक्रिया...