सरकारी अस्पताल अनिवार्य रूपमा फार्मेसी सञ्चालन गर्न नपाइनेआदेश सर्वोच्चको
सर्वोच्च अदालतले सरकारी अस्पताल आफैंले अनिवार्य रूपमा फार्मेसी सञ्चालन गर्न परमादेश दिएको छ। वीर अस्पतालले फार्मेसी सञ्चालन गर्न निजी क्षेत्रलाई दिने गरी सटर भाडाको बोलपत्र आह्वान गरेपछि त्यस निर्णयविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले सर्वोच्चमा दर्ता गरेको रिटलाई सुनुवाइ गर्दै अबदेखि सरकारी अस्पताल आफैले अनिवार्यरुपमा फार्मेसी सञ्चालन गर्नु पर्ने आदेश दिएको हो। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसीको सयुक्त इजलासले गत वर्षको असोजमा परमादेश आदेश जारी गरेको थियो।...

