काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सांसद पदबाट निलम्बित भएका छन् । उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसदबाट स्वतः निलम्बित भएका हुन् । २०७९ को चुनावमा रौतहटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकाे हाे । भ्रष्टाचारसम्बन्धी ऐन २०५९ अनुसार भ्रष्टाचारको आरोपमा विशेषमा मुद्दा दर्ता भएसँगै नेपालको उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन...
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको बहसका क्रममा रिट निवेदक पक्षले सांसद पद खारेज हुनुपर्ने जिकिर गरेको छ । रिट निवेदकका पक्षबाट ५ जना कानुन व्यवसायीहरु; रिट निवेदक समेत रहेका अधिवक्ता रबिराज बसौला, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरु रमण कर्ण, अमृत खरेल र निकिता ढुङ्गानाले बहस गरे। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा सम्मेलित संवैधानिक इजलासमा रविविरुद्धका दुवै रिटको...

