पाँचथरको सामूहिक हत्या अनुसन्धान गर्न एसएसपी खत्री नेतृत्वमा टोली परिचालन
पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा सोमबार ज्वाइँ(ससुराको घरका नौ जनाको मनसाययुक्त हत्या भएको छ। नकाव लगाएर मध्यराति आएको समूहले ज्वाइँ–ससुराको घरमा हत्याकाण्ड मच्चाएको हो। भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमले नकाव लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको बताइन्। उनको स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचार भइरहेको छ। धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारमा कसले किन हत्या गरायो यसको कारण खुल्न नसकेको पाँचथरका...

