सिन्धुपाल्चोकमा बाढी तथा पहिरोले ठाउँठाउँमा सडक भत्काउँदा राजधानी काठमाडौं आउने यातायात अवरुद्ध भएको छ। स्थानीयका अनुुसार हेलम्बु–काठमाडौं सडकअन्तर्गत ग्याल्थुममा पहिरो खसेको छ भने बाढी पसेर सडक भत्काएको छ। जसले गर्दा काठमाडौंबाट सिन्धुपाल्चोक जाने तथा सिन्धुपाल्चोकबाट काठमाडौं आउने सवारीसाधन तथा यात्रु बीच बाटोमै अलपत्र परेका छन्। ‘हिजो बेलुकादेखि मेलम्चीमा नदीमा बाढी बढ्यो। ग्याल्थुममापहिरो गएको छ। चौतारा र काठमाडौं जाने गाडी र यात्रु बीच बाटोमै रोकिएका छन्, सडकमा बाढी पसेको छ, सडक भत्काएको...
सिन्धुपाल्चोक– लगातारको वर्षाले मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिराका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् । स्थानीयवासी कान्छामान दोङका अनुसार पोहोरदेखि नै पहिरो जान थालेका ठाउँमा यसपाली पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन् । निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएको उनले बताए । पटकपटक वडाका प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएको गुनासो गरे । वडा नं ८ का वडाध्यक्ष...
। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन् । निरन्तरको पहिरोले सुनकोशीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरु पहिरोको जोखिममा परेका हुन् । पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाअध्यक्ष रामकुमार थापाले जानकारी दिए । पहिरो मुनी धुसेनी गाउँ छ भने पहिरोमाथि सुन्दरडाँडा गाउँ छ । वडाअध्यक्ष थापाका अनुसार सुन्दरडाँडाका २३, धुसेनीका ३२ र पाखरदोभानका ७ घर जोखिममा परेका छन् । बस्ती जोखिममा परेपछि स्थानीयवासीलाई सुरक्षित हुन...
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाढीपहिरो पीडितलाई चीनले सहयोग गर्ने भएको छ । चीनको तिब्बत, न्यालम काउन्टीले २० टन चामल, दुई टन दाल, फेस मास्क १० हजार थान, सोलार लाइट र पाल दुई-दुई सय थान तथा कम्बल पाँच सय थान दिने भएको हो । यो सहयोग सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका बाढीपहिरो पीडितलाई दिइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनको विशेष पहलमा सो सामग्री दिन लागिएको हो । भोटेकोसी...
माध्यामिक शिक्षा हासिल गरेपछि धेरैको समय घुमघाम, भविष्यमा अध्ययन गर्ने विषय र रमाइलोमै वित्ने गर्दछ । बल्ल माध्यामिक शिक्षा सकिएको र अवको करियर कता लाने भन्ने धेरैको रुची र चाहानाभन्दा फरक इच्छा राखेर यो अवधीमा गाउँको विद्यालयलाई पुस्तक खोजेर दिने केही सहयोगी र समाजसेवी मनपनि समय समयमा भेटिदो रहेछ । १६ बर्षे कलिलो उमेर । खाइखेलीमै रमाउने र साथीहरुसँग विताउने समयमा पुस्तको खोजी गरेर गाउँको विद्यालयमा लगेर हस्तान्तरण गर्नु सामान्य...

